एक्स्पो पोखरामा बिटुबी, व्यवसायीलाई उद्यमी बनाउने प्रयास !

आर्थिक आवाज
पोखरा, २१ मंसिर । व्यवसायी र उद्यमीबीच के फरक छ ? सजिलो उत्तर छ –व्यवसायीले पुरानो विचारलाई बोक्छ र बजारको एउटा खेलाडी बन्छ । उद्यमीको कुरा भने ठीक उल्टो छ, ऊ बजार हेर्छ र आफ्नो विचार र सोच प्रयोग गर्दै नया व्यवसाय सुरु गर्छ । अझ, सजिलो उत्तर– कुनै ठाउँमा रेष्टुरेण्ट चलेको देखेर कोही त्यही व्यवसायमा होमिन्छ तर उद्यमीले भने त्यही ठाउँमा नया व्यवसाय सुरु गर्छ ।

पोखरा उद्योग वाणिज्य संघ उद्योगी÷व्यवसायीको संस्था हो । संघले नयाँ व्यवसाय गर्नेलाई व्यावसायिक वातावरण बनाउँछ भने उद्यमीको लागि नयाँ सोच र विचारसहित उद्यमशीलताको लागि प्रोत्साहित गर्छ । यतिबेला पोखराको नयाँबजारमा संघले ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेला २०७५ आयोजना गरिरहेको छ । उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउन मेला आयोजना भएको हो ।

संघले मेलाकै अवसरमा शुक्रबार बि टु बि कार्यक्रमको आयोजना ग¥यो । व्यवसायीहरुलाई उद्यमशील बनाउन आयोजना गरिएको कार्यक्रममा बोल्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका रामप्रसाद तिवारीले भन्नुभयो,‘ हिम्मत गर्नुहोस्, सक्नुहुन्छ उद्यमी बन्नुहोस, सक्नु हुन्न आत्मनिर्भर हुन व्यवसायी हुने सोच राख्नुहोस ।’कार्यक्रममा सहभागीहरुले गुनासो गरे–‘उद्यमी बन्ने वातावरण नै छैन । तिवारीले थप्नुभयो,‘प्रतिकुलताबीच अनुकुलता खोज्नु नै उद्यमशीलता हो ।’ सहभागीहरुको जिज्ञासाका बीच तिवारीले उद्योगी÷व्यवसायीलाई राज्यले प्रदानग गरेको सेवा र सुविधाबारे पनि जानकारी गराउनुभयो ।

jutta mela

कार्यक्रम संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष चिनु गुरुङले आफूले व्युटीपार्लर व्यवसाय सुरु गर्दाको क्षण सम्झँदै उद्यमशीलता सिकाउन र खासगरी महिलाहरुलाई आत्मनिर्भर बनाउन सेमिनारको आयोजना गरेको प्रष्ट पार्नुभयो । व्यवसायले महिलालाई सम्मान मात्र हैन, आत्मविश्वासी समेत बनाउने उहाँको धारणा रहेको थियो । सेमिनार शनिबार पनि आयोजना हुने उहाँले जानकारी गराउनुभयो । व्यवसाय र व्यवसायीबीच, व्यवसायी र सरकारबीच तथा व्यवसायी उपभोक्ताबीचको सम्बन्धबारे जानकारी राख्न सक्ने व्यवसायी सफल हुने उहाँको भनाई थियो ।

यता, पोखराको नयाँबजारमा जारी मेलामा शुक्रबार प्रजापति पराजुली र पशुपति शर्माको लोकदोहोरी प्रस्तुतिमा दर्शक मुग्ध बने । मेलामा सहभागीहरुलाई मनोरञ्जन दिन आयोजित साँस्कृतिक कार्यक्रममा शनिबार पुरुषोत्तम न्यौपानेको विशेष प्रस्तुति रहने साँस्कृतिक उपसमितिका संयोजक केशवबहादुर खत्रीले जानकारी दिनुभयो । सुगम संगीतका नयाँ हस्ती शिव परियारको प्रस्तुति पनि शनिबार नै राखिएको र उहाँलाई शिवहरि वैरागी (सभासद) र दमन रुपाखेतीले हाँस्य प्रहसनमार्फत साथ दिनुहुनेछ ।

शनिबार रामजी खाँड, चन्द्र शर्मा, काजल गुरुङ, सुमिषा काफ्ले, केशव देवकोटा, सरला पाण्डे, अमर धिताल, राजु केसी र निश्चल दवाडीले साथ दिनेछन् । यसैगरी तायःमचाः र बालन पनि मेलाको आकर्षण रहनेछ । मेलाको प्रवेश टिकटमा राखिएको दैनिक पुरस्कार अन्तर्गत शनिबार पोखरा अल्ट्रालाइट प्रालिको सौजन्यमा एक जनालाई अल्ट्रालाइट उडान तथा माउण्टेन हक एरो स्पोर्टस् प्रालिसँगको सहकार्यमा एकजनालाई प्याराग्लाइडिङको अवसर दिइने उपहार व्यवस्थापन उपसमितिका संयोजक ऋषिराम शर्मा भण्डारीले जानकारी दिनुभयो ।

मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले आफ्नो उदेश्य अनुरुप मेला सफल हुँदै गएको दावी गर्नुभएको छ । ‘हामी मेलामार्फत उद्यमीलता सिकाउन तथा उत्पादक र उपभोक्तालाई एकै ठाउँमा भेट गराउन सफल भएका छौँ’, उहाँले भन्नुभयो,‘ त्यसैगरी पोखरा र वरपरको पर्यटकीय गन्तव्य प्रवद्र्धनमा पनि हामीले केही सघाएका छौँ ।’

यता, शनिबार विद्यालयस्तरीय खुल्ला नृत्य प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा करुणानिधी एजुकेसनकी प्रमिसा खनाल,जुनियर सिटिजन्स एकेडेमीकी सम्वृद्धि पाण्डे,हिमाञ्चल बोर्डिङकी एञ्जिला गुरुङ, सेण्टमेरिजकी जस्मिन गुरुङ, मदरल्याण्डकी सोनु शेर्पा,लेखनाथ विभूतिकी सृष्टि गुरुङ,सेण्टमेरिजकी एलिसा बुढाथोकी, सोसल पब्लिककी विपिना गुरुङ,सेण्टमेरिजकी निकिता भण्डारी र कास्की मोर्डनाइज्डकी एलिसा गुरुङ प्रतिष्पर्धी रहनु भएको छ । यता विद्यालयस्तरीय सामूहिक नृत्यमा सूर्योदय बोर्डिङ, मेरिगोण्ड मावि, कास्की मोर्डनाइज्ड, बेसलाइन, कुमुदिनी होम्स,जुनियर सिटिजन्सबीच प्रतिष्पर्धा हुँदैछ ।

You might also like

Comments are closed.