जावा मोटरसाइकलको निःशुल्क सर्भिस क्याम्प

काठमाडौं । जावा मोटरसाइकलको निःशुल्क सर्भिस क्याम्प आज मंगलबार सुरु भएको छ । सामाखुसी काठमाडौंमा रहेको जावाको आधिकारिक सर्भिस सेन्टरमा निःशुल्क सर्भिस क्याम्प आजबाट सुरु भएको हो ।

सर्भिस क्याम्प ३१ डिसेम्बर शुक्रबारसम्म जारी रहने जावाका लागि नेपालको आधिकारिक बिक्रेता अग्नि मोटोइन्क प्रा.लि.ले जनाएकोे छ ।

सर्भिस क्याम्पमा लेबर चार्ज निःशुल्क गरिएको छ भने ल्युब, स्पेयर्स पार्टस् र एसेसरिजमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित बनाउन जावा सफल भएको छ । जावा १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ ।

नेपालमा जावाको आधिकारिक डिलरहरु १४ ठाउँमा छन् ।

You might also like

Comments are closed.