कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश श्रेष्ठको उम्मेदवारी घोषणा

पोखरा । नेपाल निजामति कर्मचारी युनियन कास्कीको अध्यक्षमा सुरेश कुमार श्रेष्ठले उम्मेदवारी सार्वजनिक गरेका छन् । यही पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि उनले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । श्रेष्ठ नेल्टाका केन्द्रीय महासचिवसमेत रहेका श्रेष्ठ पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका अधिकृतमा कार्यरत छन् ।

कर्मचारी संघभित्र रुपान्तरण र पुस्तान्तरणसँगै युवा तथा सृजनशील जुझारु नेतृत्वका लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले बताए । आफूलाई युनियनका अधिकाँश सदस्यको साथ र समर्थन रहनेमा उनले विश्वास व्यक्त गरे । श्रेष्ठले आफ्नो उमेदवारीको सम्बन्धमा १७ बुँदे प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् ।

‘सबल र सक्षक संगठन निर्माण एवं प्रजातान्त्रिक विचारमा आबद्ध संघसंस्था र पार्टीसंग राम्रो सम्बन्ध राख्न मेरो उम्मेदवारी हो,’ उनले भने, ‘कास्कीका सबै सरकारी कार्यालयहरुमा पुगेर कर्मचारीहरुको समस्या बुझ्ने छु । साथै कर्मचारीका समस्या समाधानमा योजनावद्ध हिसावले लाग्नेछ ।’

श्रेष्ठले ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर सरुवा-बढुवामा परेको पिरमार्काहरुलाई सरकार र सरोकारवाला निकायहरुमा जोडदार माग गर्ने र कर्मचारी युनियनमा लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गर्ने प्रतिवद्धता जनाए ।

You might also like

Comments are closed.