पुस दोस्रो सातादेखि प्रथम शुक्लागण्डकी महोत्सव

मंसिर २२,तनहुँ ।
आगामी पुसको दोस्रो साता देखी दुलेगौंडा स्थित प्रथम शुक्लागण्डकी महोत्सव २०७५ हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघ दुलेगौंडा बजार इकाईले पुस ९ गतेदेखी प्रथम शुक्लागण्डकी महोत्सव गर्ने भएको हो । “व्यापारिक, सांस्कृतिक, कृषि पर्यटकीय विकासको नारा, प्रथम शुक्लागण्डकी महोत्सवको अभिभारा” भन्ने नाराका साथ आयोजित महोत्सव हुने बारे शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । महोत्सव पुस १८ गतेसम्म चल्ने आयोजकले जनाएको छ । समग्र शुक्लागण्डकी क्षेत्रको साँस्कृतिक विविधता संरक्षण गरी आर्थिक तथा सामाजिक विकासका लागी उद्योग, व्यापारको प्रवद्र्धन गर्दै प्राकृतिक, धार्मिक र पुरातात्विक महत्वको प्रचार प्रसार तथा नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको इकाईका सभापति राजकुमार वाग्लले जानकारी दिए ।
प्रसिद्ध दोरबाराही मन्दिर, तिनखोलेदेवी मन्दिर,शिद्धेश्वरी मन्दिर, शिव पाञ्चायन मन्दिर, भुलभुले बाराही, फूल बाराही, बाघ भैरव, कालिका मन्दिर, मुक्तिनाथ च्यवनधाम लगायतका धार्मिक स्थल अवलोकन, थप्रेककोट, भुजिकोट, रजस्थल जस्ता ऐतिहासिक स्थल र भुजिकोट भ्यु टावर, सेती नदीको किनार पुल्चोक स्थित रक गार्डेन समेत अवलोकन गर्ने व्यवस्था गरिने आयोजकले जनाएको छ । साथै फिरफिरेमा रहेको ढोर लामागाँउ र घरेडी होमस्टेमा खाना बस्ने व्यवस्था सहित १ रात २ दिनको प्याकेजमा मिलेनियम पद यात्रा समेत गर्न सकिने वाग्ले बताए ।
महोत्सवको थप आकर्षणमा स्थानीय उत्पादनको पहिचान गरी घरेलु तथा कृषि उत्पादको बजारीकरणमा सहयोग पु¥याउने, उद्यमी तथा व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय पर्यटकीय स्थलको प्रचार, विभिन्न जातजातीको भाषा, धर्म, कला र संस्कृतिको संरक्षणमा समेत योगदान पु¥याउने महोत्सवको लक्ष्य रहेको छ । दैनिक उपभोग्य बस्तु तथा सेवाहरुको प्रदर्शनी एवम् खरिद बिक्री, कृषि उत्पादनको प्रर्दशनी तथा बिक्री, साँस्कृतिक झाकीँ सहितको पदयात्रा, राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती, धार्मिक तथा ऐतिहासिक स्थलको पदयात्रा, विद्यालयस्तरीय नृत्य, शुक्लागण्डकी आइडल, बालउद्यान तथा रमाइलो मेला, पुष्प प्रदर्शनी, अटोमोवाइल प्रदर्शनी, लाईभ कन्सर्ट, खुल्ला लोकदोहोरी प्रतियोगिता, स्वास्थ्य शिविर, खेलकुद लगायतका रहेका छन् ।
महोत्सवमा २ सय स्टल रहने महोत्सवका प्रवक्ता हरि बहादुर खड्काले जानकारी दिए । विभिन्न व्यापारिक सामग्रीका प्रदर्शनी तथा बिक्री कक्ष १३३, विभिन्न खानाका १० वट स्टल, कृषि उत्पादनका विक्री तथा प्रदर्शनका १५ वटा, अटो कम्पनीका शोरुम १० वटा, घरेलु उत्पादा तथा हस्ताकलाका १० वटा, सेवामुलक संस्थाका प्रदर्शनी कक्षका १० वटा स्टल अन्य विभिन्न १५ वटा स्टल राखिनेछ । स्थानीय उत्पादन तथा तथा स्थानीय व्यापारीलाई अन्यलाई भन्दा विशेष छुटमा स्टल बुकिङको व्यवस्था गरिएको प्रवक्ता खड्काले बताए ।
महोत्सवमा होटल तथा रेष्टुरेण्टको स्टललाई रु ४० हजार कायम गरिएको छ, त्यस्तै अटोमोवाइल्सका स्टलका लागी ३० हजार, उद्योग, फेन्सी तथा व्यवसायको स्टललाई १४ हजार, वित्तिय तथा सरकारी कार्यालयका स्टलहरुलाई ७ हजार भाडादर कायम गरिएको आयोजकले जनाएको छ । त्यस्तै गरी प्रत्येक वडाबाट कृषि उत्पादनको विक्रिी तथा प्रदर्शनीको लागी एक÷एक वटा स्टल निशुल्क प्रदान गर्ने निर्णय भएको आयोजकले जनाएको छ । महोत्सव स्थलमा प्रवेशका लागी साधारण रु ६०को टिकट दर कायम गरिएको छ भने विद्यार्थीलाई रु.४० टिकट दर कायम गरिएको छ । महोत्सवमा ५ करोड बराबरको आर्थिक कारोवार गरिने र ३ लाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
कार्यक्रममा मानकाजी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघ प्रदेश ४ का उपाध्यक्ष कृष्णराज पण्डित, इकाईका पूर्व अध्यक्ष, हरिप्रसाद वाग्ले, डिलबहादुर श्रेष्ठ, सचिव मदन श्रेष्ठ, जिल्ला प्रतिनिधि पुर्णकुमार श्रेष्ठ लगायतले महोत्सव बारे आ–आफनो धारण राखेका थिए ।

lcci
You might also like

Comments are closed.