कठमाडौं । रोयल फुटवयर इण्डष्ट्रिज प्रा.लि.को अधिकृत बिक्रेता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । चितवनको सौराहमा आयोजित कार्यक्रममा देशभरबाट रोयल सुजका सय जना बिक्रेताहरुको सहभागिता रहेको थियो ।
प्रा.लि.का कार्यकारी अध्यक्ष भीम पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नयाँ वर्षको शुभकामना आदानप्रदान तथा व्यवसायको समिक्षासहित छलफल तथा अन्तरक्रिया गरिएको थियो । प्रा.लि.ले प्रत्येक वर्ष डिलर भेटघाट गर्दै आएको छ । गत वर्ष कोरोनाका कारण कार्यक्रम हुन सकेको थिएन ।
नेपालमा प्रा.लि.ले बिगत १२ वर्षदेखि रोयल सुज ब्राण्डका जुत्ता चप्पल उत्पादन गर्दै आइरहेको छ । स्कुल, पार्टी सुज, स्पोर्टस्, क्याजुअल लगायतका करिब २ हजार मोडलका जुत्ताहरु उत्पादन गर्दै आइरहेको छ ।
उद्योगमा २ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । रोयल सुजको उद्योग काठमाडौंको पेप्सीकोलामा रहेको छ ।
Comments are closed.