टाटाको एक्स्चेन्ज क्याम्प, प्रत्येक बुकिङमा हेलिकोप्टरबाट साइडसिनको अवसर

पोखरा । टाटा मोटर्सले पोखरामा एक्स्चेन्ज क्याम्प आयोजना गरेको छ । जनवरी १२ देखि १४ सम्म पोखरामा एक्स्चेन्ज क्याम्प हुनेछ । टाटाको प्यासेन्जर भेहिकलका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता दीप मोटर्स प्रा.लि. बुद्धचोकमा एक्स्चेन्ज क्याम्प हुनेछ ।

एक्स्चेन्ज क्याम्पमा सहभागी भएर टाटाका जुनसुकै गाडी बुकिङ गर्दा ग्राहकले हेलिकोप्टरबाट साइडसिनको अवसर प्राप्त गर्ने प्रा.लि.का प्रवन्ध निर्देशक तेजराज बास्तोलाले जानकारी दिए । ‘हामीले ग्राहकलाई आकर्षक एक्स्चेन्ज बोनस प्रदान गर्नेछौं,’ उनले भने । स्पट भ्यालुएसन तथा अन द स्पट फाइनान्स सुविधा पनि उपलब्ध हुनेछ ।

jutta mela

‘ग्राहक महानुभावहरुले एक्स्चेन्ज क्याम्पमा सहभागी भएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, नेक्सन इभी, टियागो, टिगोर र सफारी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न पनि सक्नुहुन्छ,’ उनले भने, ‘एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्यांकन प्राप्त हुन्छ ।’

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रा.लि. हो ।

You might also like

Comments are closed.