मंसिर २५,तनहुँ ।
तनहुँको मुख्य बजार दुलेगौँडामा दिपज्योति अफसेट एण्ड फेलेक्स प्रिन्ट संचालनमा आएको छ । करिब ६० लाखको लगानीमा युवा व्यवसायी दिपेन्द्र पौडेलले अफसेट प्रेस संचालनमा ल्याएका हुन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णराज पण्डितले पसलको उद्घाटन गरेका गरे । सो अवसरमा पण्डितले दिपज्योति अफसेटको स्थापनाले व्यवसायिक संगठन बलियो बनाउन र बजार विस्तारमा थप टेवा पुग्ने बताए ।
त्यस्तै तनहुँ उद्योग वाणिज्य संघ दुलेगौँडा बजार इकाईका सभापति राजकुमार वाग्लेले व्यवसायीहरुबीच स्वस्थ प्रतिष्पर्धा गदै उपभोक्ताको मागलाई सर्वसुलभ मुल्यमा सेवा प्रदान गर्न सुझाव दिए । कार्यक्रममा गाउँफर्काेदय माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बिका घिमिरे, व्यवसायी गोविन्द सिग्देल लगायतले अब व्यवसायलाई नयाँ प्रविधिसंग जोडेर लैजानु पर्ने बताए ।
पछिल्लो समय विभिन्न ठाँउमा भइरहने मेला ,महोत्सव देखि छपाई सम्बन्धिअन्य कामहरु पनि थपिदै जाँदा अफसेट व्यवसाय फस्टाउँदै गएको छ ।यस क्षेत्रमा छपाई सम्बन्धिका व्यवसायहरु प्रशस्त भए पनि उपभोक्तालाई अझ सर्वसुलभ मुल्यमा प्रभावकारी सेवा दिने उद्धेश्यले व्यवसायमा लगानी गरेको संचालक दिपेन्द्र पौडेलले बताए । उनले अफसेट प्रेस, फ्लेक्स प्रिन्ट, मायाको चिनो, विवाहकार्ड तथा फोटो फ्रेमको उत्पादन तथा विक्रि, सेल्फ तथा नाईलन छाप लगायत छपाई सम्बन्धि सवै काम गरिने जानकारी दिए । पसल शुभारम्भको अवसरमा छपाईको काममा २० प्रतिशत, फेलेक्स तथा होडिङ्ग बोर्डमा १५ प्रतिशत र फोटो तथा फ्रेमिङमा २५ प्रतिशत छुट दिइएको छ ।
Comments are closed.