राष्ट्रिय सहकारी बैंकको न्युरोड शाखा स्थानान्तरण, सुविधासम्पन्न कार्यालयबाट कारोबार सुरु

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको काठमाडौं न्युरोड शाखा कार्यालय स्थानान्तरण भएको छ । पहिलेको कार्यालय भन्दा सय मिटर पूर्वमा सासा कम्प्लेक्समा कार्यालय स्थानान्तरण भएको हो ।

आइतबार एक कार्यक्रमबीच बैंकका अध्यक्ष के.बि. उप्रेतीले स्थानान्तरण भएको कार्यालयको उद्घाटन गरे । कार्यक्रममा बोल्दै उप्रेतीले सहकारी संघसंस्थाहरुको आवश्यकता पुरा गर्न राष्ट्रिय सहकारी बैंक सधैं तयार रहेको बताए । ‘वित्तीय तथा गैरवित्तीय क्षेत्रमा बैंकले उत्कृष्ट सेवा प्रदान गरिरहेको छ,’ उनले भने । राष्ट्रिय सहकारी बैंकसँगै कारोबार गर्न उनले सहकारी संघसंस्थाहरुलाई आग्रहसमेत गरे ।

स्थानान्तरण भएको स्थानमा आधुनिक तथा सुविधासम्पन्न कार्यालय बनाइएको छ । पार्किङको सुविधासमेत छ । स्थानान्तरण भएको शाखाबाट आइतबारदेखि नै कारोबार सुरु भएको शाखा प्रवन्धक केदारनाथ उप्रेतीले जानकारी दिए ।

कार्यक्रममा बैंकका सञ्चालकहरु रामहरि बजगाईं, ज्ञानबहादुर तामाङ, पार्वती थापा मगर, प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईं, प्रवन्धक मोहनकुमार कार्की, शाखा समन्वय उपसमितिका संयोजक तथा सदस्य, बैंकका सदस्य सहकारी संघसंस्थाकका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति थियो ।

lcci
You might also like

Comments are closed.