मिसेस नेपाल वर्ल्डका बिजेतालाई नेचर सुपरमार्केटमा स्वागत

काठमाडौं । मिसेस नेपाल वर्ल्डका बिजेताहरुलाई नेचर सुपर मार्केट प्रा.लि. मैतीदेवीमा स्वागत गरिएको छ ।

मिसेस नेपाल वल्र्ड दिक्षा श्री केसी, मिसेस नेपाल इन्टरनेशनल उषा रजक, एमएस नेपाल इन्टरनेशनल पार्वती गिरी, मिसेस नेपाल फस्ट रनर अप सुनिता लामा, मिसेस नेपाल वर्ल्ड थर्ड रनरअप मनिता प्याकुरेल र मिसेस नेपाल वल्र्ड भ्युअर्स च्वाइस माधुरी कर्णले आइतबार नेचर सुपरमार्केटको अवलोकन गरेका हुन् ।

सोही अवसरमा उनीहरुलाई हरपल फुड्स प्रा.लि.को तर्फबाट बधाई तथा सम्मानसमेत गरिएको छ । हरपल फुड्स र नेचर सुपर मार्केटका अध्यक्ष जनक धामी, कि एडभरटाइजिङका अध्यक्ष रवीन्द्र रिजाल, कलाकार दीपाश्री निरौला लगायतले बिजेताहरुलाई बधाई ज्ञापन गरेका हुन् ।

मिसेस नेपाल वल्र्ड २०२१ लाई हरपल फुड्स प्रालि आधिकारिक बिक्रेता रहेको ग्यालेक्सी पियोर जम्बो बासमती राइसले मुख्य प्रायोजन गरेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष धामीले मिसेस नेपाल वर्ल्डलाई प्रायोजन गर्न पाउदा खुसी लागेको बताए । ‘महिला तथा गृहिणीहरुको क्षमता विकासका क्षेत्रमा भएका कार्यक्रमहरुमा हामीले सहकार्य गर्दै आइरहेका छौं,’ उनले भने । कार्यक्रमको सञ्चालक हरपल फुड्सका प्रवन्धक तारामान धामीले गरेका थिए ।

lcci
You might also like

Comments are closed.