महालक्ष्मी लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड स्थापनाको तेस्रो वर्ष पुरा भएको छ । तेस्रो वार्षिकोत्सवको अवसरमा बिहीबार इन्स्योरेन्सले सम्पूर्णप्रति आभार व्यक्त गरेको छ ।

३ वर्षको अवधिमा इन्स्योरेन्सले ३ अर्ब १ करोड रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको छ । ३ अर्ब ९ करोड रुपैयाँ कुल लगानी गर्न सफल महालक्ष्मीमा २२ हजार ७ सय १७ जना अभिकर्ता आबद्ध छन् ।

६३ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिरहेको महालक्ष्मी लाइफको हालको बोनस दर रु ४०–५२ रहेको छ ।

महालक्ष्मी लाइफले युवासँग महालक्ष्मी लाइफ, प्रत्येक घरमा एउटा बिमा, सहायक कम्पनीको स्थापना, लघु बिमालाई प्राथमिकता, सुदृढ संस्थागत सुशासन लगायतका कार्यक्रम अगाडि बढाइरहेको छ ।

 

You might also like

Comments are closed.