मोटर स्पोटर्सको प्रोमो सार्वजनिक

काठमाडौं ।मोटर, मोटर साईक्लिङ स्पोर्टस, अटोमोबाईल मोबिलिटी तथा टुरिजम र रोड सेफ्टिको क्षेत्रमा विगत १२ वर्ष देखि सक्रिय नेपाल अटोमाबाईल्स एसोशिएसन (NASA Nepal) ले आफ्नो खेल ईभेन्टहरुको प्रोमो सार्वजनिक गरेको छ । हालै काठमाडौंमा भएको कार्यसमिति, विभागीय समिति तथा सचिवालयले बृहत्त छलफल पश्चात ति ईभेन्ट पारित गरि प्रोमो र क्यालेण्डर समेत सार्वजनिक गरेको हो । चालु अंग्रेजी वर्ष २०२२ र नेपाली आव ०७८/७९ एवं ०७९/८० का लागि समेत राष्ट्रिय–अन्र्तराष्ट्रिय सहभागीता, आयोजना तथा आवद्धता गरी तीनै प्रकारका स्पोर्टस ईभेन्ट समावेश गरिएको छ ।

जसमा, नेपाली युवा माझमा अत्यन्तै लोकप्रिय मोटरसाईकल रेसिङ Racemandu,, मोटरसाईकलकै अफरोड रेसिङ ईभेन्ट Crossmandu, Nepal Road Race Championship जस्ता ईभेन्टहरु रहेका छन् ।

त्यसैगरी महिला राईडरहरुमाझ लोकप्रिय ईभेन्ट Racenari Talent Trophy, , नेपालको मोटर स्पोर्टसमा अत्यन्तै सुहाउँदो RALLY Cross ईभेन्टMt. Everest Autocross/ Motocross तथा नेपालकै मोटर स्पोर्टसको विश्वव्यापी पहिचान बनाउन सकिने Trans-Himalayan Adventure को समेत प्रस्ताव गरिएको छ ।

नासा नेपालकै पहिलो मोटरिङ ईभेन्ट Sincere Citizens Motor Rally लाई यसपटकदेखि Tourmandu को नयाँ ब्रान्डमा आयोजना गरिने छ भने नेपाली ड्राईभर हरुले एसिया प्यासिफिक प्रतिष्पर्धामा समेत विशिष्ट छाप छोड्न सफल Auto Gymkhana का केहि ईभेन्टहरु Nepal Auto Gymkhana Championship को नाममा परिमार्जन गरिएको छ । जसका विजेतालाई Asia-Pacific Auto Gymkhana मा सहभागी गराईनेछ ।
काठमाडौं र कार्टस मार्फत नेपालकै प्रर्वद्धन गर्ने कार्टिङको प्रतिष्पर्धा रहेको छ Kartsmandu जसलाई Slalom फम्र्याटमा Himalayan Motorland धुलिखेलमा आयोजना हुनेछ भने नेपालमै पहिलोपटक NASA EV Cup मा कार र बाईक दुबैको संयोजन हुनेछ । Explore The Track नेपाली राईडर्स/ड्राईभर्सका लागि राष्ट्रिय–अन्र्तराष्ट्रिय पहुँचको लागि हो । जस अन्र्तगत यसपटक College To Track तथा Girls On The Track का साथै भारत तथा सिंगापुरको ट्रयाकको मज्जा नेपाली खेलाडीले लिनेछन् ।

त्यसैगरी सन् २०१८ देखि अन्र्तराष्ट्रिय अटोमोबाईल महासंघ FIA ले ओलम्पिक फम्र्याटकै विश्वस्तरीय प्रतियोगिताMotor Sports Game को शुरुवात गरेको छ । जुन यसवर्ष २०२२ को अक्टोबरमा फ्रान्समा हुँदैछ । १४ वटा विधामा हुने सो प्रतियोगितामा नेपाली खेलाडीको समेत सहभागीता लागि नासा नेपाल प्रयत्नशिल रहेको छ ।

विश्व प्रसिद्ध Formula Extreme E Off Road Racing नेपालमा आयोजना गर्ने सन् २०२१ देखिको योजना कोरोनाका कारण सर्दै आएकोमा सन् २०२४ भित्र आयोजनाका लागि लण्डनस्थित कम्पनीसँग नासा नेपालले छलफल गरिरहेको छ । उक्त ईभेन्ट नेपालमा आयोजना हुन सके नेपालको मोटर स्पोर्टस र नेपाली खेलकुदलाई नै विश्वस्तरमा पहिचान गराउने छ ।

यी ईभेन्टहरु केहि नासा नेपाल स्वयंम, केहि प्रदेश संघ र एशोसियट पार्टनरहरु मार्फत तथा केहि क्लब र निजी क्षेत्रबाट समेत संचालन गर्न सकिने कार्यविधि सहितको निर्णय नासा नेपालले गरेको छ । टिम दर्ता शुल्क, प्रायोजन, राखेप र नेपाल पर्यटन बोर्डको अनुदान, अन्र्तराष्ट्रिय महासंघहरुको सहयोग र पार्टनरशीप बाट सो ईभेन्टको आर्थिक व्यवस्थापन गरिनेछ ।

साथै, यस बाहेकका अन्य ईभेन्टहरु समेत आयोजनाको लागि सम्बन्धित संघसंस्था, कर्पोरेट क्षेत्र तथा क्लबहरुलाई नासा नेपालले आग्रह गरेको छ । जसको लागि प्राविधिक तथा व्यवस्थापकीय सहयोगका लागि नासा नेपाल सदैव तयार छ । यसै क्यालेण्डर अन्र्तगत नै ड्राईभर्स, राईडर्स र अफिसियल्सलाई Training & Motivation गरिनेछ । जसबाट न्यूनतम ४ सय जना लाभान्वित हुनेछन् ।
यस बाहेकका अटोमोबाईल मोविलिटी तथा टुरिजम र रोड सेफ्टिको क्यालेण्डर छिट्टै तयार गरी सार्वजनिक गरिनेछ ।

You might also like

Comments are closed.