लेखनाथ महोत्सव भोलिबाट, उद्घाटन अर्थमन्त्री शर्माले गर्ने

लेखनाथ । निजी क्षेत्रको छाता संस्था लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित १७औं संस्करणको लेखनाथ महोत्सव भोलि बिहीबारबाट हुने भएको छ । महोत्सवको अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका प्रचार–प्रसार संयोजक तथा संघका उपाध्यक्ष गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

कोरोना महामारीका कारण थलिएको अर्थतन्त्रलाई चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको संघले जनाएको छ । स्थानीय उत्पादनको बजारीकरण, व्यवसायीहरुलाई प्रोत्साहन गर्दै प्रविधिको हस्तान्तरण गर्न महोत्सव आयोजना गरिएको हो अध्यक्ष छत्रधर आत्रेयले जानकारी दिए ।

कृषि, घरेलु, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरण, जैविक विविधताको संरक्षण र पर्यटन प्रवद्र्धन पनि महोत्सवको लक्ष्य छ । ‘कला र संस्कृतिको संरक्षणमा पनि हामीले महोत्सव मार्फत योगदान पुर्याउनेछौं । लुकेका प्रतिभाहरुको खोजी पनि महोत्सवमा हुनेछ,’ उनले भने ।

महोत्सवमा करिब ३ सय वटा स्टल रहन्छन् । स्टलहरुमा फरक फरक पहिचान देखिने महासचिव उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए । ‘स्थानीय र घरेलु उत्पादनलाई प्राथमिकतामा राखेका छौं,’ उनले भने । करिब २ लाख पचास हजार दर्शकले महोत्सव अवलोकन गर्ने र करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने संघको अपेक्षा छ ।

महोत्सवमा करिब १ करोड ५ लाख रुपैयाँ आम्दानी हुने र महोत्सव सम्पन्न गर्न करिब ९० लाख रुपैयाँ खर्च भई १५ लाख रुपैयाँ बचत हुने अनुमान छ ।

lcci
You might also like

Comments are closed.