५५ रोपनी जग्गामा फैलिएको काठमाडौं फन भ्याली शुक्रबारबाट पुनः सञ्चालन

भक्तपुर । ‘काठमाडौँ फन भ्याली’ पुनः सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित पलाँसेमा रहेको फन भ्याली स्वास्थ्य मापदण्डको पालनासहित शुक्रबारबाट पुनः सञ्चालनमा आएको हो । ५५ रोपनी जग्गामा फैलिएको फन पार्कमा ११ प्रकारका खेलको मज्जा लिन सकिन्छ ।

फन पार्कमा ३ वटा स्विमिङ पुल छन् । एउटा रेनडान्स छ । गार्डेन र रुफटप रेस्टुरेन्टको सुविधा पनि छ । फन भ्यालीमा एकै पटकमा २ हजार जनासम्मले खेलेर मज्जा लिन सक्ने सञ्चालक सुजन थापाले जानकारी दिए ।

पार्कमा वाटरपार्क, एम्युजमेन्टपार्क, लेजी रिभर, गो कार्टिङ र लार्जेस्ट वेभ पुलमा मनोरञ्जल लिन सकिन्छ । पार्कमा १२ वटा ‘गेमिङ जोन’ र चारवटा ‘वाटर जोन’ छन् । पार्कमा रोटेपिङ शैलीको हेलिकोप्टर, ४० फिट उचाइको ह्वीलचियर ट्रेन, वेभ पुल, ४० फिट उचाइबाट १५० देखि २०० फिटसम्म स्लाइडिङ गर्न मिल्ने पुल रहेको अर्का सञ्चालक दामोदर उपाध्यायले जानकारी दिए ।

अक्वा डान्स, वेभ पुल, स्लाइडिङ, टिप्स पुलको पनि मज्जा लिन सकिन्छ । त्यस्तै बालबालिकाले ट्रेन, स्मल बन्जी, समुन्द्रमा मात्र देख्न पाइने समुन्द्री छालमा रमाउन सकिने गरी विभिन्न खेलको आनन्द लिन सक्छन् ।

lcci
You might also like

Comments are closed.