माछापुच्छ्रे बैंकद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकीमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा फागुन २८ गते शनिवार त्रियुगा नगरपालिका स्थित देउरी स्वास्थ्य चौकिमा आयोजित विशेष कार्यक्रममा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी र उदयपुर सिमेन्ट उद्योग लि. का महाप्रवन्धक गोपीकृष्ण न्यौपानेको समुपस्थितीमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । बैंकले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले देउरी स्वास्थ्य चौकीलाइ ल्याब इक्विपमेन्ट हस्तान्तरण गरेको हो ।

बैंकले विशुद्ध बैंकिङ सेवाको साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि विभिन्न संघ सस्थाहरुलाइ सहयोग गर्दै आएको थियो । त्यस्तै बैंकले बिभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०१ एटिएम मार्फत १० लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

lcci
You might also like

Comments are closed.