आर्थिक आवाज
पोखरा, ८ पुस । लायन्स क्लव अफ पोखरा सेन्ट्रल सिटीले विद्यार्थीलाई न्यानो कपडा, स्टेशनरी तथा खेलकुदका सामाग्री वितरण गरेको छ । क्लवले ३ लाख १५ हजार रुपैयाँ वरावरको सामान सहयोग गरेको छ । स्याङ्जाको पुतलीवजार नगरपालिका वडा नं ७ मा रहेको शारदा मा.वि मा अध्ययनरत शिशु देखी कक्षा १० सम्म अध्ययन गर्ने सम्पुर्ण विद्यार्थीलाई सहयोग गरेको क्लवका सचिव चेतन कार्कीले जानकारी दिए । साथै विद्यालयलाई १० वटा सेतोपाटी पनि सहयोग गरिएको छ । सोही अवसरमा अपाङ्गता भएका व्यक्तीलाई बैशाखी पनि सहयोग गरिएको छ ।
कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी पदम बहादुर थापाले क्लवले गरेका काम उल्लेखनिय रहेको बताए । साथै यस्ता कार्यक्रमले अध्ययनको लागि विद्यार्थीमा पनि थप उत्साह थप्ने बताए । शिक्षाको स्तर उकास्न लायन्स क्लव जस्ता सामाजिक संस्थालेले महत्वपुर्ण भुमिका खेलेको उनले बताए ।
क्लवका अध्यक्ष भिम सुवेदीले आगामी दिनमा पनि क्लवले सहयोगका कामलाई निरनतरता दिने बताए । कार्यक्रममा वोल्दै द्धितिय उपाध्यक्ष राजेश सिल्पकारले आगामी दिनमा पनि सामाजिक काममा अघि बढ्ने बताए ।
क्लवका सचिव चेतन कार्कीले विद्यालयमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । आफुले अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाउदा खुसी लागेको कार्कीले बताए । साथै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सो अक्षयकोषको अभिभावकत्वको भुमिकामा क्लव रहनेछ । कार्यक्रम सफल पार्न क्लवका पुर्व अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी तथा सदस्यले क्लवलाई आर्थिक सहयोग गरेका छन् । क्लवका अध्यक्ष भिम सुवेदीको अध्यक्षतामा कार्यक्रम भएको हो । विद्यालयका शिक्षक चौवहादुर गुरुङको संंयोजनमा कार्यक्रम भएको हो । कार्यक्रममा एलसिआईएफ कोअर्डिनेटर उपेन्द्र शर्माले स्वागत गरेका थिए ।
Comments are closed.