सहकारीलाई लक्षित गरी ‘इ डकुमेन्टेसन म्यानेजमेन्ट सिस्टम’ विकास

पोखरा । आकाश डिजिटल पेमेन्ट प्रालि पोखरा–५ मालेपाटनले सहकारीका लागि ‘इ डकुमेन्टेसन म्यानेजमेन्ट सिस्टम’ विकास गरेको छ ।

लामो समय सहकारी क्षेत्रमा काम गरेका विज्ञ व्यक्तिहरुको संलग्नतामा यो सिस्टम विकास गरिएकोे प्रालिका प्रवन्ध निर्देशक बन्दना सिग्देलले जानकारी दिइन् ।

‘सहकारी ऐन तथा नियमभित्र रहेर यसको विकास गरिएको हो,’ उनले भनिन्, ‘सहकारीमा ऋण लिने ऋणिहरुको सम्पूर्ण आवेदन फार्मदेखि चुक्ता पत्रसम्मका कागजात डिजिटल माध्यमबाट प्रिन्ट गर्न सकिन्छ र रेकर्डमा रहन्छ ।’

परीक्षणको क्रममा रहेको इ डकुमेन्टेसन म्यानेजमेन्ट सिस्टमलाई नेपालका सय भन्दा बढी सहकारीले प्रयोगमा ल्याइसकेका छन् । यो सिस्टमलाई औपचारिक रुपमा छिट्टै सार्वजनिक गरिने र सेवा विस्तार गरिने सिग्देलले जानकारी दिइन् ।

यस सफ्टवेयर सहकारी ऐन, नियमावली, बिनियम, कार्यबिधि, कानुनी सिद्धान्तलाई आत्मसाथ गरी कागजी डकुमेन्ट सेट गरिएको हुनाले सामान्य प्रयोगकर्ताहरुबाट पनि सजिलै संचालन तथा बुझ्न सकिनेछ । ‘दस्दखत बाहेक अन्य कुनै ठाउँमा कलमको प्रयोग हुँदैन,’ उनले भनिन् ।

आकाश डिजिटलले बिगत ५ वर्षदेखि रेमिट्यान्स क्षेत्र काम गर्दै आइरहेको छ ।

 

lcci
You might also like

Comments are closed.