सराङकोट सहकारीद्वारा बृहत सरसफाई

पोखरा । ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारी सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाले बृहत सरसफाई एवं सफाई समग्री सहयोग गरेको छ ।
२०६३ मा स्थापना भएको सहकारीले सामाजिक उत्तरदायित्व का विविध कृयाकलाप, रेडियो सराङ्गकोट, बचत तथा ऋण कार्य गर्दै आएको अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

संस्थाका पूर्व अध्यक्ष प्रेम बहादुर जि सीले संगममार्ग टोल विकास संस्थाका अध्यक्ष ढाकाराम लामिछानेलाई सफाई सामग्री हस्तान्तरण गरेका थिए ।
संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा सल्लाहकार इन्द्रकमल मानन्धर, सचिब कुल प्रसाद सुबेदी, सह सचिब माया कुमारी शर्मा, सहकारीका व्यवस्थापक सुरेन्द्र थापा, संचालक सदस्य विकल पौडेल, आरती श्रेष्ठ, तारा देवी थापा, गणेश बहादुर अधिकारी, रेडियोका व्यवस्थापक योगेन्द्र श्रेष्ठ,, महिला समिती सदस्य इन्दिरा लामिछाने, घनश्याम गौतम, विजय क्षेत्री लगाएतले सफाई सचेतना सम्बन्धी आ आफ्नो भनाई राखेका थिए ।

संस्थाले स्थानीय संगम मार्ग, न्युरोड एरियामा सफाई संगै सफाई सचेतना गराएको थियो ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.