पोखरा, १४ माघ । फोर्स मोटर्स लिमिटेडको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रा.लि. फोर्सको ट्राभलर एम्बुलेन्स पोखरा भित्र्याएको छ । आइ.एन.एफ. नेपाल हरियोखर्कलाई सोमबार एम्बुलेन्स हस्तान्तरण गरी एम्बुलेन्स बिक्रीको व्यावसायिक सुरुवात हुने विज्ञप्तिमा उल्लेख छ ।
विश्व प्रसिद्घ मर्सेडिज लाइसेन्स प्राप्त इन्जिन र गियर बक्स युक्त एम्बुलेन्स हरियोखर्क अस्पतालले बिरामीहरु बोक्न प्रयोगमा ल्याउने छ । चार सिलिन्डर, २ हजार २ सय सिसी सिआरडिआई इन्जिन क्षमताको उक्त एम्बुलेन्समा अत्याधुनिक सेवासुविधा जडान गरिएको प्रवन्धक निरन केसील जानकारी दिए । ‘एम्बुलेन्समा औषधी राख्ने क्याबिनको पनि व्यवस्था छ,’ उनले भने ।
बिरामीको सुविधाको लागि ए.सी., अक्सिजन सिलिन्डर र बिरामीका प्रयोगमा आउने अस्पतालका उपकरणहरु पनि जडित छन् । मिनि अप्रेसन गर्न सकिने, डाक्टर र नर्स बस्ने छुट्टै सिटको व्यवस्था रहेको केसीले बताए ।
Comments are closed.