छुनुमुनु खुत्रुके योजना अन्तर्गत २१४ जनालाई खुत्रुके वितरण

पोखरा । ६५औं राष्ट्रिय सहकारी दिवसका अवसरमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना बाल बचतकर्ताहरुको लागी छुनुमुनु खुत्रुके योजना अन्तर्गत पहिलो दिन २१४ जनालाई सेभिङ बक्स वितरण गरेको छ । छुनुमुनु बाल बचत योजनामा सहभागी कनिष्ट बचतकर्ता मिसन गिरीलाई सेभिङ्ग बक्स प्रदान गर्दै संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्गले कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।

संस्थाको प्रधान कार्यालय बुद्धचोक पोखरा लगायत सेवाकेन्द्रहरु दुलेगौंडा, तनहुँ भण्डारढिक कास्की र मोहरिया कास्कीबाट एकैपटक छुनुमुनु बचत योजनामा आवद्ध बाल बचत कर्ता र अभिभावकहरुको रोहबरमा छुट्टा छुट्टै कार्यक्रमका बीच सेभिङ्ग बक्स वितरण गरिएको हो । खुत्रुके बक्स वितरण कार्यक्रम प्रधान कार्यालय पोखरामा संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ्ग, सेवाकेन्द्र भण्डारढिकमा उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ्ग, सेवाकेन्द्र मोहरियामा सञ्चालक उमा परियार र सेवाकेन्द्र दुलेगौडामा सञ्चालक एक बहादुर गुरुङले प्रदान गरेका थिए ।

संस्थामा आवद्ध सदस्यका बाल बच्चाहरुलाई सानै उमेरबाट बचत गर्ने बानी बसाल्नको लागि यो अभियान शुरु गरिएको हो । “सानो हुँदा वचत ठुलो भएपछि योजना” भन्ने मूल उद्देश्यका साथ भविष्यमा आफुले बनाएका योजनालाई सफल र मूर्त रुपमा अगाडी बढाउन सहयोग पुग्ने र यो अभियान सबै बाल बचत कर्ताहरु सम्म पुर्‍याउने योजना रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.