काठमाडौं । अटो पत्रकार संघ नेपालका अध्यक्ष एवं वरिष्ठ पत्रकार उज्वलजंग शाह उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा सम्मानित भएका छन् ।
फोकस नेपालद्वारा आयोजित लोकतन्त्र दिवस–२०७९ को विशेष समारोहमा शाहलाई ‘विशेष सेवा सम्मान–२०७९’बाट सम्मान गरिएको हो । शाह विगत लामो समयदेखि अत्यन्त निष्ठा र समपर्णका साथ सञ्चार क्षेत्रमा आवद्व छन् । यस्तै, आर्थिक व्यस्थापन, सेवा मुलक व्यवसायी तथा समाजसेवीका रुपमा पनि शाह परिचित छन् ।
दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएका शाह नेपाल अटो पत्रकार संघका अध्यक्षसँगै ईश्वरलाल प्रतिष्ठानका सचिव समेत पनि हुन् ।
आर्थिक क्षेत्रका पत्रकारितामा अब्बल मानिने शाहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।
Comments are closed.