समुन्नत वडाका लागि राप्रपालाई मतदान गर्नुपर्छः अध्यक्ष उम्मेदवार केसी

गगन केसी, अध्यक्षका उम्मेदवार, ललितपुर महानगरपालिका वडा १३

ललितपुर । ललितपुर महानगरपालिकाको वडा १३ बाट राप्रपाका उम्मेदवारहरु भोट माग्न घरदैलो अभियानमा व्यस्त छन् । वडा अध्यक्षका उम्मेदवार गगन केसीसहितका उम्मेदवारहरु भोट माग्दै घरघरमा पुगेका छन् । घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको केसीले बताए ।

केसीसँगै राप्रपाबाट उक्त वडा सदस्यमा शोभा घतानी, सुरुची खड्का, सुमन केसी र रामकुमार कार्की उम्मेदवार छन् ।

अन्य पार्टीलाई धेरै पटक मौका दिएको र यसपटक राप्रपालाई मतदान गर्ने स्थानीयबाट प्रतिबद्धता आफूहरुले पाएको अध्यक्षका उम्मेदवार केसीले बताए ।

jutta mela

समुन्नत र समृद्ध वडाका लागि राप्रपालाई मतदान गर्न उनले आग्रह गरेका छन् ।

राप्रपाबाट वडा अध्यक्ष सहित सदस्यका उम्मेदवारहरु ।

अध्यक्षका उम्मेदवार केसी लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा आबद्ध छन् ।

You might also like

Comments are closed.