को-अपरेटिभ म्यानेजर्स क्लबको आयोजनामा ‘इमोसनल इन्टेलिजेन्स वर्कसप’

पोखरा । को-अपरेटिभ म्यानेजर्स क्लब कास्कीको आयोजना तथा मनोदर्शन साइकोलोजिकल कन्सर्नको प्राविधिक सहयोगमा ‘इमोसनल इन्टेलिजेन्स वर्कसप’ पोखरामा सम्पन्न भएको छ । सहकारी संस्थाका व्यवस्थापकहरुलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै सहकारी अभियान्ता एवं क्लबका मानार्थ सदस्य भीम गुरुङले यस्ता प्रकारका तालिमले समग्र सहकारी अभियानको लागि फाइदा पुग्ने बताए ।

कार्यक्रममा सहभागीको तर्फबाट सुशील केसीले यस्ता खालका कार्यक्रमले व्यवस्थापकहरुलाई थप उर्जा प्रदान गरेको र आगामी दिनमा त्यसलाई व्यवहारमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

मनोदर्शन साइकोलोजिकल कन्सर्नका प्रमुख प्रशिक्षक प्रज्वोल आचार्य र प्रशिक्षक दिलीप श्रेष्ठले उक्त अवसरमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका क्लबका उपाध्यक्ष हरिप्रसाद पन्थीले क्लबको वार्षिक कार्यक्रम अनुसार कार्यक्रम आयोजना गरिएको बताए । ‘हामीले आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ सशक्त बनाएर लग्नेछौं,’ उनले भने । विभिन्न संघसंस्थासंगको सहकार्यमा विभिन्न तालिमलाई निरन्तरता दिने उनले बताए ।

तालिममा ३२ जनाको उपस्तिथि थियो । कार्यक्रम संयोजक तथा क्लब सचिव मोहन प्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष मीलन ढकाल र निबर्तमान अध्यक्ष डम्वर सिङ बस्नेतको विशेष उपस्थिति थियो ।

रियल इभेन्ट म्यानेजमेन्टका व्यवस्थापक सुशील पोख्रेल तथा पहल ग्रुपका डाइरेक्ट्रर अशोक पौडेलले कार्यक्रमको समन्वय गरेका थिए ।

lcci
You might also like

Comments are closed.