मिसेस कल्चरलाई वाइवाइको साथ

पोखरा । पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि.द्वारा आयोजित दोस्रो मिसेस कल्चर नेपाल २०७४ लाई चौधरी गु्रपको उत्पादनमा रहेको वाइवाइ चाउचाउले मुख्य प्रायोजन गर्ने भएको छ । पोखरामा बिहीबार एक कार्यक्रमका वीच सि.जि. फुड्सका सिनिर म्यानेजर मिलन राणा र पुष्पाञ्जली फेशन एण्ड इभेन्ट प्रा.लि. अध्यक्ष शोभा गौतमले प्रायोजन सम्झोतामा हस्ताक्षेर गरेका हुन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै राणाले मौलिक संस्कृतिको संरक्षण गर्ने र महिलाहरूलाई अगाडि बढाउने कार्यक्रमको उद्देश्य भएकोले आफुहरूले प्रायोजन गरेको बताए । वाइवाइले आफ्नो ग्राहकहरूलाई ‘वनौ आदर्श नागरिक’ भन्ने अभियान सञ्चालन गरिरहेको बेला यो सम्झौता गर्न पाउनु गौरवको कुरा भएको अध्यक्ष गौतमले बताइन् । जे उद्देश्यका साथ प्रायोजन वाइवाइले गरेको छ उक्त उद्देश्य प्रति पुष्पाञ्जली सधंै प्रतिवद्ध रहने उनले बताइन् । फागुन ५ गते पोखरा सभागृह हलमा फाइनल समारोह हुने कार्यक्रम संयोजक दिनेश शर्माले बताए ।

You might also like
1 Comment
  1. रबिन भुसाल says

    कार्यक्रम को सफलता को शुभकामना ।

Comments are closed.