स्थापना दिवसमा आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाले अन्तरक्रिया गर्ने

काठमाडौं । काठमाडौंको इन्द्रचोकमा मुख्य कार्यालय रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लि.ले असार २५ गते शनिबार अन्तरक्रिया गर्ने भएको छ ।

सहकारीले छैटौं स्थापना दिवसको अवसरमा काठमाडौंको न्युरोडस्थित मारबाडी सेवा समितिको हलमा सदस्य भेटघाट तथा हाल वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव र व्यवस्थापनमा चुनौति विषयक अन्तरक्रिया कार्यक्रम हुने सहकारीले जनाएको छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, महासंघका लेखासमिति संयोजक धर्मदत्त देवकोटा, सहकारी बैंकका सञ्चालक एवं काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङ लगायतका वक्ताहरुले अन्तरक्रियामा आ–आफ्नो धारणा राख्नेछन् ।

सहकारीमा हाल करिब ३ हजार जना सेयर सदस्य आबद्ध छन् । सेयर पुँजी करिब ४ करोड रुपैयाँ छ भने कारोबार ४५ करोड रुपैयाँ बराबर रहेको अध्यक्ष खड्ग देवकोटाले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.