आधारभूत बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौं साधारणसभा सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २४ मा केन्द्रीय कार्यालय रहेको आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लि.को पाचौं साधारणसभा सम्पन्न भएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै मन्त्री पौडेलले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखे ।

सहकारीका अध्यक्ष खड्ग देवकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरु भवानी पाण्डे, सतिन्दर कुमार, दिनेशप्रसाद जोशी र रीता सापकोटा सम्मानित भएका छन् । वर्षकै उत्कृष्ट कर्मचारी बन्न सफल कमला राई, कुशल कर्मचारीतर्फ भावना गिरी, रस्मी तामाङ सम्मानित भएका छन् । कोभिड १९ वारियर पुरस्कार कर्मचारी सुशील वाग्ले प्राप्त गरेका छन् । सांस्कृतिक कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने कर्मचारीहरु किस्सा कट्टेल र पुष्प बुढालाई आधारभूत संस्कृति जगेर्ना पुरस्कार प्रदान गरिएको प्रवन्ध निर्देशक सविना वाग्लेले जानकारी दिइन् । ११ जना ज्येष्ठ सदस्यहरु पनि सम्मानित भएका छन् ।

सहकारीमा २ हजार ८ सय ३४ जना सेयर सदस्य आबद्ध छन् । ५१ करोड रुपैयाँ ब्यालेन्ससिट रहेको सहकारीले बचत संकलन ४५ करोड ७० लाख रुपैयाँ संकलन गरेको छ भने कर्जा लगानी ३५ करोड ५० लाख रुपैयाँ रहेको छ । सेवाकेन्द्रहरु सामाखुसी र कलंकीमा छन् । सहकारीमा ४७ जना कर्मचारी आवद्ध छन् ।

jutta mela

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका लेखासमिति संयोजक धर्मदत्त देवकोटा, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा सचिव माधव तिमिल्सिना, महानगरिय सहकारी विभागका अधिकृत शिवजी भट्टराई, काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि.का अध्यक्ष मनोज थापा मगर लगायतले बोलेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी बजार प्रवन्धक दानमाया सोमई मगर र कार्यक्रमको सञ्चालन संस्थाका सदस्य कमल सापकोटाले गरेका थिए । उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुसमेत भएका थिए ।

You might also like

Comments are closed.