आँधिखोला लघुवित्तको पाँचौ साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः के.सी. चयन

स्याङ्जा । आँधिखोला लघुवित्त वित्तीय संस्थाको पाँचौ बार्षिक साधारण सभा शुक्रबार वालिङ स्याङजामा सम्पन भएको छ । सभामा संचालक समितिको तर्फवाट अध्यक्ष नरेश केसीद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनलाई छलफल गरी पारित गरियो ।

सभाले लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को वासलत, नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्वन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गरिएको प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले बताए ।

सभाले राष्ट्र बैंकको स्वीकृत बमोजिम २० प्रतिशत बोनस शेयर स्वीकृत गरेको छ । सभाबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दै नरेश केसी सहित श्यामविक्रम खाँड र सावित्रा दवाडी पौडेल निर्वाचित भएको कम्पनी सचिव वावुराम कुँवरले जानकारी दिए । सभापछिको बैठकले पुनः नरेश के.सी लाई अध्यक्षमा चयन गरेको छ ।

jutta mela

साधारण सभाको उद्घाटन संचालक समितिका अध्यक्ष नरेश केसीले गरेका थिए । स्वागत मन्तव्य संचालक दीपेन थापाले गरेका थिए भने धन्यवाद ज्ञापन संचालक केहर सिंह केसीले गरेका थिए । कार्यक्रमको संचालन कम्पनी सचिव वावुराम कुँवरले गरेका थिए ।

संस्थाले हाल ११ जिल्लामा १९ कार्यालय मार्फत २ प्रदेशमा सेवा सञ्चालन गर्दै आएको छ । हालै वाग्लुङमा केन्द्रीय कार्यालय रहेको धौलागिरी लघुवित्त वित्तीय संस्थासंग गरेको मर्जर प्रकृया तोडिएको प्रमुख कार्यकारी अधिकृत डोलराज केसीले बताए ।

You might also like

Comments are closed.