एएइसी ग्लोबलको आयोजनामा यु.के एडमिसन डे हुने

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी एएइसी ग्लोबलले यु.के एडमिसन डे गर्ने भएको छ । यस अन्तर्गत स्टडी इन द युनाईटेड किङडम सेमिनार हुने डाइरेक्टर केशव सिंखडाले जानकारी दिए । २६ फेब्रुअरीमा बिहान ११ बजे देखी दिउँसो ३ बजे सम्म सेमिनार चल्नेछ । सेमिनार एएइसी ग्लोबलको कार्यालय पुतली सडकमा हुनेछ ।

सेमिनारमा विद्यार्थी ले युनिभर्सिटी अफ ओल्भरह्याम्पटनका साउथ एसिया रिजनल हेड बज्र भुषण झालाई भेट्न सक्नेछन् । बिशेष गरी अध्ययनका लागि यु के जान चाहने विद्यार्थीलाई लक्षित गरि सेमिनार आयोजना गरिएको सिंखडाले बताए । ३ हजार ५ सय पाउण्ड सम्म स्पट स्कलरसिपको अवसर रहेको उनले बताए । क्बिक अफर लेटरको लागिआफ्नो ओरिजिनल एकेडेमिक र आईएलटिएस डकुमेन्टका साथ आउन उनले आग्रह गरेका छन् ।

बिगत ६ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको एएइसी ग्लोबलको प्रधान कार्यालय काठमाडौंको पुतलीसडकमा छ । काठमाडौंको बागबजार, चितवनको नारायणगढ, पर्साको खैरहनीमा शाखाहरु छन् ।

jutta mela

नेपाल बाहिर बेलायतको लण्डन, अष्ट्रेलियाको सिड्नी, अमेरिकाको भर्जिनिया, श्रीलंकाको कोलम्बोमा शाखाहरु छन् । सबै शाखामा गरी २५ जना भन्दा बढी काउन्सिलर र ५० जना भन्दा बढी कर्मचारी आबद्ध छन् । विद्यार्थीको गन्तव्य, उद्देश्य, आर्थिक अवस्था र भविष्यलाई मध्यनजर गरी एएइसी ग्लोबलले सही परामर्श सेवा प्रदान गरिरहेको सिंखडाले बताए । ‘नेपालबाट विदेशमा विद्यार्थी गइसकेपछि त्यहाँ पनि आवश्यक सहयोग हामीले गर्दै आइरहेका छौं,’ सिंखडाले भने ।

You might also like

Comments are closed.