आकर्षक गन्तव्य ‘आगन्तुक’ : २ अर्ब लगानीमा सुविधासम्पन्न रिसोर्ट

धुलिखेल । काठमाडौंबाट नजिकको दुरीमा आकर्षक रिसोर्टको सेवा लिन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाईंको आकर्षक गन्तव्य बन्न सक्छ ‘आगन्तुक रिसोर्ट’ । रिसोर्ट बनेपा नगरपालिका ६ मा सन् २०१९ डिसेम्वरदेखि संचालनमा आएको हो । भिजिट नेपाल २०२० लाई लक्षित गरी सञ्चालनमा आएको रिसोर्र्टले विश्व व्यापी फैलिएको कोभिड महामारीको असर झेल्दै अगाडि बढ्यो । कोभिडबाट तंग्रदै रिसोर्ट अहिले पर्यटकका लागि पूर्ण रुपमा सेवा प्रदान गर्ने गरी सञ्चालनमा आइसकेको छ ।

केही संरचना तयार हुन बाँकी रहेको रिर्सोट आन्तरिक तथा बाह्य दुवै खालका पर्यटकलाई लक्षित गरि संचालनमा ल्याइएको हो । परम्परागत शैली प्रदान गर्ने गरी आधुनिक निर्माण सामग्रीको प्रयोग गरेर रिसोर्ट बनाइएको छ । स्वर्गीय पर्यटन व्यवसायी हरि नेपालले देश तथा विदेशमा संगालेको अनुभवका आधारमा आकर्षक थिमहरुसहित रिसोर्टको डिजाइन गरेका हुन् । रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा नआउँदै कोभिडका कारण नेपालले ज्यान गुमाएका छन् ।

आकर्षक डिजाइनमा निर्माण गरिएको रिसोर्टले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ । मेडिटेरियन थिममा बनाइएको कमिला घरले परम्परागत कलात्मक शैलीसहित सहित रिसोर्टलाई थप आकर्षित बनाएको छ । ७५ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा २ अर्ब रुपैयाँ लगानी भएको अध्यक्ष सरस्वती ज्ञवालीले जानकारी दिइन् ।

jutta mela

फोर स्टार रेटिङ पाएको रिसोर्ट फाइभ स्टार रेटिङमा अपग्रेड गर्नेे तयारीमा रहेको रेसिडेन्ट म्यानेजर विमल पौडेलले जानकारी दिए । बाह्य पर्यटकलाई लक्षित गरी क्यासिनो संचालन गर्ने तयारी रहेको पनि उनले बताए ।

रिसोर्टमा ५२ वटा रुम छन् । ती मध्ये ४ स्विट रुम, ४ वटा मिनी स्विट रुम र अरु प्रिमियम र डिलक्स रुम छन् । २० रुम छिट्टै संचालनमा ल्याउने तयारी रहेको बताइएको छ । पाहुनाले रिसोर्टमा आफ्नो आवश्यकता अनुसार ८ हजारदेखि ३० हजारसम्मका रुम छनोट गर्न सक्नेछन् । रिसोर्टमा करिव ९९ प्रतिशत नेपाली पर्यटक आउने गरेको रिसोर्टका अध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।

रिसोर्टमा २ वटा रेष्टुरेन्ट, एउटा बार, २ वटा सभा हल, स्विमिङ पुल, जीम लगायतका सेवा उपलब्ध छन् । स्पा संचालनमा ल्याउने तयारी रहेको बताइएको छ । रिसोर्टबाट विभिन्न २२ हिम श्रृंखलासँगै सगरमाथाको समेत अवलोकन गर्न सकिन्छ । वरपरको हरियाली तथा शान्त वातावरणले समेत पर्यटकलाई आकर्षित गर्छ ।

हस्पिटालिटी क्षेत्रमा काम गर्नुपर्छ भन्ने सोचका साथ रिसोर्ट संचालन गरिएको र पर्यटकको लागि उत्कृष्ट हव बन्ने डाइरेक्टर अफ सेल्स एण्ड मार्केटिङ सुरज बिष्टले विश्वास व्यक्त गरे । प्राकृतिक सौन्दर्यको अवलोकन तथा स्वच्छ वातावरण, कला तथा संस्कृति मार्फत आय आर्जन गर्न सकिन्छ र पर्यटन प्रवर्द्धन गर्ने सरकारको अभियानलाई पनि सहयोग हुन्छ भनेर रिसोर्टमा लगानी गरिएको बताउँछन् डाइरेक्टर कृष्णप्रसाद ज्ञवाली ।

पर्यटकका लागि गुणस्तरीय सेवा प्रदान गर्ने गरी रिसोर्ट सञ्चालनमा आएको र आगामी दिनमा आवश्यकता अनुसार लगानी विस्तार हुने सञ्चालकहरु बताउँछन् । ‘राजधानी काठमाडौंबाट नजिकको दुरीमा आकर्षक तथा सुविधा सम्पन्न रिसोर्ट सञ्चालन हुँदा आगामी दिनमा धेरै आन्तरिक तथा बाह्य पर्यटक लाभान्वित हुने हामीले विश्वास लिएका छौं,’ अध्यक्ष ज्ञवालीले भनिन्, ‘पर्यटकलाई शान्त वातावरणमा स्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौं । सुन्दर तथा शान्त वातावरणमा रमाउन चाहनुहुन्छ भने आगन्तुकमा आउन सक्नुहुन्छ ।’

रिसोर्टले विभिन्न प्याकेजमा सेवा प्रदान गर्दै आइरहेको छ । सभा, सम्मेलन तथा कार्यक्रमका लागि पनि आकर्षक अफरसहित सेवा प्रदान भइरहेको सेल्स म्यानेजर रस्ना शाक्यले जानकारी दिइन् ।

You might also like

Comments are closed.