अंग्रेजी नयाँ वर्षलाई लक्षित गरि आगन्तुक रिसोर्टले ल्यायो बिशेष अफर

काठमाडौं । अंग्रेजी  नयाँ वर्ष २०२४ लाई लक्षित गरि आगन्तुक रिसोर्टले बिशेष अफर सार्वजनिक गरेको छ ।

अफर अन्र्तगत न्यु इयर इभमा १८ हजार रुपैयाँ बराबरको प्याकेजमा बस्ने सुविधासहित बारबिक्यु, स्न्याक्स, डिनर, नेपाली ब्राण्डका अलकोहलिक तथा नन् अलकोहलिक ड्रिङ्स नि:शुल्क, डिजे र लाइभ म्युजिक रहेको रिसोर्टका मार्केटिङ डाइरेक्टर सुरज बिष्टले जानकारी दिए । बुकिङका लागि केही समयमात्र बाँकी रहेको पनि उनले बताए ।

बनेपा नगरपालिका, भ्यू टावर मार्ग, काभ्रेमा रहेको आगन्तुक रिसोर्ट काठमाडौबाट झन्डै ३२ किलोमिटरको दुरीमा छ । ७२ रोपनीमा फैलिएको सो रिसोर्ट चार वर्ष अघि मात्र स्थापना भएको हो । रिसोर्ट बुटिक स्टाईल ४ स्टार डिलक्स रिसोर्टका रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने एक प्रमुख रिसोर्ट बनेको छ ।

हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय सेवा दिईरहेको भ्याली नजिकैको बस्नखान, सेमिनार, मिटिङ, फिटनेस सेन्टर, स्वीमिङ्गपुल सहितको सुविधा सम्पन्न यो रिसोर्ट कार्यक्रम तथा मनोरञ्जन गर्ने एक रमाईलो गन्तव्य स्थल बनेको छ ।

You might also like

Comments are closed.