सहकारीको कर्जा व्यवस्थापनको सारथी ‘डकुमेन्ट जेनेरेटर सफ्टवेयर’

सुजनबाबु अधिकारी, अध्यक्ष | टंकप्रसाद अधिकारी, प्रवन्ध निर्देशक

पोखरा । मुलुकभर ३२ हजारभन्दा बढी सहकारी क्रियाशील छन् । विभिन्न समयमा सहकारी संकटग्रस्त अवस्थामा पुगेका समाचार आइरहन्छन् । सहकारी समस्यामा पर्नुको कारण कर्जा लगानी असुरक्षित रहनु पनि हो । सुरक्षित तबरबाट कर्जा लगानी गरिएन भने सहकारीमा समस्या आउन सक्दछ । सहकारीमा कर्जा लगानीका कागजात कानूनी रूपमा केही कमसल हुन सक्दछन् साथै प्रक्रियागत काजगात र पूर्ण कागजात नहुनपनि सक्छन् । सहकारीमा सदस्यलाई छिटो पैसा चाहिन्छ जसले गर्दा कागजी डकुमेन्ट केही कमसल र कम हुने स्वाभाविक हो ।

आकाश डिजिटल पेमेन्ट प्रा.लि एक डिजिटल व्यवस्थापन कम्पनी हो जुन नेपालमा २०७४ देखि सफलतापूर्वक सञ्चालन भइरहेको आइ.टी कम्पनी हो । यसले ‘डकुमेन्ट जेनेरेटर सफ्टवेयर’ मार्फत सेवा दिइरहेको छ । यस कम्पनी बैंकिङ र वित्तीय स्वचालन प्रणालीकोे विशेष गरी कर्जासँग सम्वन्धित कागजातलाई व्यवस्थित र स्वचालित गर्ने कार्यसँग केन्द्रित हुने गरेको छ । यी गतिविधिमा १५ वर्षभन्दा लामो अनुभव भएका सहकारी विज्ञ, सहकारी सफ्टवेयर विज्ञ र सामान्य प्रशासन विज्ञद्वारा प्रवर्द्धन र व्यवस्थापन गरिएको कम्पनी हो । कम्पनीले सबै प्रकारका सरकारी, निजी र सहकारीमा सफलतापूर्वक काम गरिरहेको छ । प्रविधिको क्षेत्रमा नेपाली व्यवसायको बढ्दो आवश्यकताको स्पष्ट बुझाइले व्यवसायमा आउने जटिलतालाई समाधान गर्न सक्षम बनाएको छ । जुन उच्च गुणात्मक र लागत–प्रभावी मात्र होइन, ग्राहकको दृष्टिकोणको एक प्रामाणिक धारणा पनि हो ।

हामीले सहकारीका आवश्यक लगानी कागजातलाई छिटो, प्रक्रियागत साथै कानूनी रूपमा कसरी मजबुत बनाउन सकिन्छ भनेर अध्ययन गर्यौं । लामो समयको अध्ययनपश्चात् हामीले डिजिटल सिस्टमको परिकल्पना गर्यौं ।

हामी मुलतः आर्थिक व्यावसायिक संस्थालाई पेपर लेस बनाउनमा केन्द्रीत छौं । हाम्रा हरेक सेवा प्रयोगकर्ताको नजरबाट हेर्दा अत्यन्त सरल र सहज हुने हिसाबबाट विकास गरिएका छन् । प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै हामी नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै प्रत्येक कारोबारलाई सहज बनाउने हिसाबले विकास गर्दै लगेका छौं । हामी प्रत्येक दिन प्रत्येक समय नयाँ नयाँ खोज गर्दै नयाँ प्रविधिलाई अंगाल्दै अगाडि बढेका छौं । हामीले कर्जा व्यवस्थापन सफ्टवेयरबजारमा सेवा दिँदै आइरहेका छौं । यो सफ्टवेयरले कर्जासँग सम्बन्धित सम्पूर्ण कागजातको र रेकर्डको व्यवस्थापन गर्ने काम गर्छ । यसबाट हामी कर्जाको आवेदनदेखि कर्जाचुक्ता नहुँदासम्मका सम्पूर्ण कागजात, लिलामी कागजात, दर्ता चलानी, कर्जाको फलोअप र कर्जासँग सम्बन्धित कागजातको म्याद समाप्ती लगायतका कामलाई व्यवस्थापन गर्ने कार्य गर्दछ । यसको प्रयोगबाट कर्जासँग सम्बन्धित तमसुक, आवेदन फारम लगायतका कागजात एकै पटक प्रिन्ट गरेर राख्दा हुने आर्थिक भारलाई कम गर्न मद्धत गर्दछ । साथै कर्मचारीले हातले विवरण भर्दा हुने त्रुटीका कारणले भविष्यमा पर्न सक्ने कानूनी जटिलतालाई कम गर्न मद्धत गर्दछसाथै यसले कर्जा लगानीका समयमा लाग्ने समयलाई ९० प्रतिशतसम्म कम गर्छ र उक्त समय हामी अन्य काम गर्न सक्छौं । यसमा रहेको कर्जाको फलोअप रेकर्डले कर्जाको फलोअप रेकर्डलाई अत्यन्त सहज बनाई प्रयोगकर्तालाई नोटिफिकेसन सहितको ड्यासबोर्डको माध्यमले व्यवस्थित गराउँदछ । यसमा रहेको दर्ता चलानी किताबको साहायताबाट कार्यालयमा आउने जाने पत्र तथा कागजातको पारदर्शिता कायम गरी कागजात व्यवस्थापन सहज गराउँछ ।

यसको उपयोगिताको तुलनामा मूल्य अत्यन्त न्यून भएको कारण जतिसुकै कारोबार भएका सस्थाले पनि न्यून मूल्यमा प्रयोग गर्न सक्ने छन् । सहकारी ऐनको अधिनमा रही विकास गरिएको हुँदा संस्थालाई कागजातका बारेमा जानकारी नभएका विषयमा पनि यसले कानूनी जटिलतालाई सहज बनाउन मद्धत गर्छ । युनिकोड र प्रिती फन्ट दुवै सपोर्ट गर्ने भएको कारण प्रयोगकर्तालाई प्रयोगको लागि पनि अत्यन्त सहज छ ।

यसबाट सम्बन्धित सहकारीले ऋणीको माग फारम भरेपछि संस्थालाई आवश्यक सबै डकुमेन्ट यसले स्वस्फुर्तयहाँले प्रिन्ट गर्न सक्नुहुनेछ ।

कर्मचारीको समयको बचत, कार्यमा उत्प्रेरित गराउने, कागजी डकुमेन्ट त्रुटी रहित, सहकारीका लागि व्यवस्थित कागजी डकुमेन्ट , सबै प्रक्रियागत कार्य,असुली तथा ताकेतामा सहयोग साथै धितो मुल्यांकन, धितो अनुसन्धान र लिलामसम्मका सबै कागजात यस सिस्टमले तयार गर्दछ ।

तमसुकमा हुने दस्तखत बाहेक अन्य कुनै ठाउँमा कलमको प्रयोग गर्नु नपर्ने अधिकांश सुविधासहित निर्माण गरिएको कारणले नै यसले सफलता पाएको हामीले महसुस गरेका छौं । हाल नेपालमा ३६५ भन्दा बढी सहकारीमा यो सफ्टवयर प्रयोग भएका छन् ।

  • जुनसुकै लेखा सफ्टवेयर चलाएको भएपनि यसलाई प्रयोग गर्न मिल्ने र वेववेशमा भएकोले व्याकअप र सर्भरको चिन्ता लिनु नपर्ने ।
  • सेवाकेन्द्रको फाइललाई मुख्य कार्यालयले नियन्त्रण गरी रूजु गर्न सक्ने । एउटै कर्मचारीमा भर पर्न नपर्ने ।
  • यसको उपयोगिताको तुलनामा मूल्य अत्यन्त न्यून भएको कारण जतिसुकै कारोबार भएका संस्थाले पनि न्यून मूल्यमा प्रयोग गर्न सक्ने छन् ।
  • सहकारी ऐनको अधिनमा रही विकास गरिएको हुँदा संस्थालाई कागजातका बारेमा जानकारी नभएका विषयमा पनि यसले कानुनी जटिलतालाई सहज बनाउन मद्धत गर्छ । युनिकोड र प्रिती फन्ट दुवै सपोर्ट गर्ने भएको कारण प्रयोगकर्तालाई प्रयोगको लागि पनि अत्यन्त सहज छ ।
lcci
You might also like

Comments are closed.