नौ महीनामा १२ खर्बभन्दा बढीको आयात, निर्यात सवा एक खर्ब

काठमाडौं – चालू आर्थिक वर्षको नौ महीनामा १२ खर्ब १५ अर्ब ८९ लाख रुपैयाँ बराबरको आयात व्यापार भएको छ । भन्सार विभागले जारी गरेको तथ्यांक अनुसार गएको वर्षको यही अवधिको तुलनामा आयात १८ प्रतिशतले खुम्चिएको हो । गतवर्ष यो अवधिमा १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँको आयात भएको थियो ।

यो अवधिमा १ खर्ब १८ अर्ब २७ करोडको निर्यात व्यापार भएको छ । जुन गतवर्षको तुलनामा २६ दशमलव ३४ प्रतिशतले कम हो । गतवर्ष यही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड बराबरको निर्यात व्यापार भएको थियो ।

यो अवधिमा सबैभन्दा बढी १ खर्ब १२ अर्ब रुपैयाँको डिजल, ४९ अर्बको पेट्रोल, ४४ अर्बको एलपी ग्याँस आयात भएको छ । त्यस्तै ३० अर्बको फलामका कच्चा पदार्थ, ३० अर्बकै सोयाविन तेलको कच्चा पदार्थ र २२ अर्बको पाम आयलको कच्चा पदार्थ आयात भएको छ । यो अवधिमा साढे १८ अर्बका स्मार्ट फोन र १७ अर्बको सुन आयात भएको छ ।

 

You might also like

Comments are closed.