‘गुणस्तरीय पार्टसलाई नेपाल भित्र्याएका छौं’

अभिशेक चौधरी, प्रवन्ध निर्देशक, नेपाल मोटर्स, वीरगञ्ज

व्यवसायी अभिशेक चौधरी सामाजिक तथा व्यावसायिक क्षेत्रमा बिगत ३ दशकदेखि सक्रिय छन् । वीरगञ्जमा रहेको नेपाल मोटर्समार्फत अटोमोबाइल क्षेत्रका लागि अत्यावश्यक सामग्रीहरु नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेका छन् । अटो व्यवसायमा झण्डै ३ दशकको अनुभव संगालेका चौधरीसँग आर्थिक आवाजले गरेको संक्षिप्त कुराकानीः

अटोमोबाइल क्षेत्रमा नेपाल मोटर्सले काम गरेको कति वर्ष भयो ?

अटोमोबाइल क्षेत्रमा नेपाल मोटर्स अग्रणी कम्पनीका रुपमा स्थापित भइसकेको छ । हामीले अटो क्षेत्रमा सक्रियताका साथ काम गरेको करिव ३१ वर्ष भएको छ । वीरगञ्जबाट व्यवसायको शुरुआत् गरेका हौं । अहिले हामीले वीरगन्जलाई केन्द्रमा राखेर देशभर बजार बिस्तार गर्न सफल भएका छौं ।

jutta mela

कतिवटा कम्पनीका ब्राण्डलाई नेपालमा बिक्री गर्न सफल हुनुभएको छ ?

वीरगञ्जमा टायर पसल छ । हामीले पहिलेदेखि नै टायरको काम गरेका हौं । जे. के. टायरको ओटिआर ११ वर्षदेखि हामीले बजारमा चिनाएका छौं । कन्टिनेन्टलको ट्रक टायर ल्याएका छौं । बाइकदेखि हेभी इक्विपमेन्टका पार्टसहरु बिक्री वितरण गरिरहेका छौं ।

टुल्सको कारोबार पनि अगाडि बढाउन ग्रोज कम्पनी इन्डियाबाट ल्याएका छौं । ग्रोच प्रिमियम ब्राण्ड हो । यो ब्राण्डको सामान प्रयोग गर्न थालेपछि सधैं यही सामान खोज्ने क्रम बढ्छ । यसका विभिन्न भेराइटी छन् । जेसिबीको ब्राण्डमा पनी ग्रोजले टुल्स दिन छ ।

जय पट्टाको पनि डिष्ट्रिब्युटर लिएका छौं । ट्रिपर, बस, ट्रक तथा महिन्द्रा गाडीमा लाग्ने जयपट्टा आइरहेको छ । विभिन्न खालका हेलमेट पनि हामीले लिएर आएका छौं । हामीले अहिलेसम्म ४२ कम्पनीका सामान डिष्ट्रिब्युट गरिरहेका छौं ।

देशभर डिलर नेवकर्ट कति छन् ?

हाम्रो सञ्जाल नेपालभर छ । नेपालभर १ हजार ७ सय काउन्टर छन् । कोभिड र आर्थिक मन्दीका समयमा पनि हामीले आफ्ना रिटेलरलाई सहुलियत पु¥यायौं । हामीसँग काम गर्ने सम्पूर्ण व्यवसायीहरु खुसी हुनुुहन्छ ।

बोर्डरमा कर छलीका सामान आउँछन् भन्ने गुनासा छन् । तपाईंहरु सिस्टममा व्यापार गर्नेहरुलाई यसले असर गर्दैन ?

दुई नम्बरी तरिकाले जसले सामान भित्र्याउँछ उसले लामो समयसम्म व्यापार गर्न सक्दैन । कम्पनीले पनि जसको बढी सेल हुन्छ उसलाई नै मान्यता दिएको हुन्छ । बोर्डर एरियामा हाम्रो सामान कम बिक्री हुन्छ किनभने तस्करी गरेर सामान भित्र्याउँछन् । सरकार यस मामलामा कमजोर नै मान्नुपर्छ । सरकारले कर कम गरिदिने र बोर्डरमा कडाई गरिदिने हो भने हाम्रो सामान बिक्री हुन्छ । हाम्रो सामानको गुणस्तर धेरै राम्रो छ । हामीले शतप्रतिशत कर तिरेर सामान किनेर बिक्री गर्दै आएका छौं । अरुको तुलनामा हाम्रो सामान केही महंगो पर्न जान्छ किन भने हामीले फेयर बिजनेस गरेका छौं ।

तपाईंहरुले बिक्री वितरण गर्ने टायरको व्यापार कस्तो छ ?

हामीले जे.के. ओटिआर टायर बिक्री बिगत ११ वर्षदेखि गर्दै आइरहेका छौं । टिपर, कन्स्ट्रक्सन, हेभी मेसिन लगायतमा प्रयोग हुने टायर हामीसँग छ । राम्रो टायर भएकाले बजारमा माग पनि राम्रो छ ।

व्यवसायमा राजधानी काठमाडौंलाई कसरी जोड्नुभएको छ ?

हामीले काठमाडौंमा मार्केटिङको लागि स्टाफ राखेका छौं । हाम्रो टायर, टुल्स, स्पेयर पार्टस सबै सामान काठमाडौं आउँछ । काठमाडौंको रिटेलरको लागि हामीले सामान पठाउँदा भाडा पनि तिरेर पठाउँछौं । हाम्रो स्टाफले नै सामान रिसिभ गरेर डेलिभरी गरिदिने हो ।

बजारमा प्रतिस्पर्धा कस्तो छ ?

व्यापार गर्नका लागि अहिले इम्पोर्टर धेरै भइसकेका छन् । भारतीय कम्पनीले धेरै पाटीलाई सामान दिने गरेका छन् । एक कम्पनीले अर्को कम्पनीसँग डिष्ट्रिव्युटर लिँदा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्छ तर अटोमोबाइल क्षेत्रमा त्यस्तो छैन । यसलाई नाडाले ध्यान दिनु आवश्यक छ र नियम बनाउनुपर्छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

देशमा पछिल्लो समय आर्थिक मन्दी छाएको छ । यसको असर समग्र व्यवसायमा परेको छ । यो समयमा राज्यले पनि व्यवसायीलाई समस्यामा पार्ने भन्दा पनि व्यवसायमैत्री वातावरण बनाउन आवश्यक छ । सबैले व्यवसायलाई सिस्टममा चलाउन सक्नुपर्छ । र अन्त्यमा नेपाल मोटर्स बीरगञ्जलाई माया गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दछु । हामी हाम्रा ग्राहकको सेवामा सधैं समर्पित छौं ।

You might also like

Comments are closed.