‘अंशुभरा ग्रुप’को ‘न्यु जेन’ अबिरल

पोखरा । उमेरले २० वर्ष नाघे अबिरल थापा । अहिले नै पोखराको प्रतिष्ठित व्यावसायिक घराना ‘अंशुभरा ग्रुप’को निर्देशक थापाले ग्रुप अन्तर्गतको हस्पिटालिटी व्यवसायको नेतृत्व सम्हाल्न सुरु गरिसकेका छन् । पोखराका नयाँबजारका अबिरल मल्पी इन्टरनेशनल स्कुलबाट एसईई उत्तीर्ण गरेपछि सगरमाथा कलेजबाट दश जोड दुईको अध्ययन सकाए । यद्यपि उनको पढाएको क्रम जारीनै छ । हाल  उनी पोखरा लिंकन कलेजमा बिबिए तेस्रो सेमेस्टर अध्ययन गर्दैछन् । यतिबेला उनी अध्ययनसँगै व्यवसायमा समेत सक्रिय छन् ।

अबिरलसँग यु-१२ राष्ट्रिय टिमबाट फुटबल खेलेको अनुभवसमेत छ । उनले नेपाली टोलीबाट जापानमा फुटबल खेलेका थिए । खेलकुदमा रुची राख्ने अबिरल पढाईमा पनि उत्तिकै अब्बल छन् ।

३५ वर्ष अगाडि रिकण्डिसन व्यवसायबाट व्यावसायिक यात्रा अगाडि बढाएको यो ग्रुपले पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा लगानी बढाउँदै लगेको छ । सँगै अटोमोबाइल, रियलस्टेट, व्यावसायिक मल र वित्तीय क्षेत्रमा पनि लगानी गरेको छ ।

jutta mela

अबिरललाई सानै उमेरदेखि आतिथ्यता क्षेत्रको अभिरुचि थियो । बुबा विन्दुकुमार थापा र दाजु सौगात थापाको पदचाप पछ्याउँदै थापाले पनि आफूलाई व्यावसायिक क्षेत्रमा सक्रिय बनाउन लागेका हुन् । पछिल्लो समय बुबा राजनीति तथा समाजसेवामा सक्रिय भएपछि ग्रुपको व्यावसायिक नेतृत्वमा सौगात अगाडि थिए । सौगातले समेत समग्र ग्रुपको नेतृत्व गर्दैै हस्पिटालिटी व्यवसायमा भाइ अबिरललाई अगाडि बढाएका छन् ।

सानै उमेरबाट व्यवसायमा सक्रिय अबिरलमा कामप्रतिको लगाव, समर्पण र आत्मविश्वास प्रशस्त देखिन्छ । पारिवारिका पृष्ठभूमि, बुबा र दाजुको मार्गनिर्देशनबाट पनि आफूलाई व्यवसायमा सक्रिय हुन र अगाडि बढ्न प्रेरणा मिलेको बताउँछन् उनी ।

सेवा र समर्पर्णको यो क्षेत्र पछिल्लो समय फस्टाउँदै गएको र यस क्षेत्रमा पनि आकर्षण बढेको सन्दर्भमा यसको नेतृत्व सम्हाल्न पाउँदा अबिरल खुुसी छन् । अध्ययन नसक्दै व्यवसायमा किन सक्रिय  भएको भन्ने प्रश्नमा अबिरल भन्छन्, ‘मैले अध्ययनलाई पछि छाडेको होइन । बिहान अध्ययन गर्छु । कलेज जान्छु । समय व्यवस्थापन गरेर अध्ययनलाई पनि समय दिइरहेको छु । सँगै व्यवसायमा पनि सक्रिय हुँदा अझै बढी प्रभावकारी हुने र अध्ययनबाट सिकेको ज्ञानलाई व्यवसायमा प्रयोग गर्ने अवसर पनि मिल्छ ।’

पोखरा बुटिक होटल

सुन्दर नगरी पोखराको लेकसाइडस्थित २० नम्बर स्ट्रिटमा पोखरा बुटिक होटल छ । यो समूहले ५ वर्ष अगाडिबाट पोखरामा बुटिक होटल सञ्चालनमा ल्याएको हो । पोखरा विमानस्थलबाट साढे दुई किलोमिटर दूरी र पर्यटक बसपार्कबाट १.७ किलोमिटर दूरीमा रहेको यो बुटिक होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गरिरहेको छ ।

फेवाताल र हिमालयका दृश्य अवलोकन गर्दै रिसोर्टको आधुनिक सेवाहरु लिन सकिन्छ । साथै बार र रेष्टुरेन्टबाट खानपानको सुविधासँगै स्विमिङको मज्जा पनि लिन सकिन्छ । प्रकृतिको हरियाली वातावरण, सुन्दर तथा शान्त बगैंचा, कलात्मक शैलीमा निर्माण गरिएको संरचना, पुरानो कला र संस्कृति झल्काउने झ्याल, ढोका लगायतका संरचनाले बुटिक होटलमा सुन्दरता थपेको छ ।

होटलमा आउँदा जुन आनन्द महसुस हुन्छ यहाँ आइसकेपछि प्रदान हुने सेवालाई पनि अझै आनन्दित र पर्यटकमैत्री बनाउन सक्रिय छन् अबिरल । ‘बुटिक रिसोर्टको मज्जा लिन धेरै पर्यटक यहाँ आउने गर्नुहुन्छ,’ अबिरल भन्छन्, ‘यहाँ आउने पाहुनालाई सन्तुष्ट बनाउने गरी सेवा प्रदान गर्न हामी सधैं सक्रिय र प्रतिबद्ध छौं ।’ होटलमा डिलक्स, कटेज र फेमिली रुम छन् । रुमको सुरुवाती मूल्य ४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।

पर्यटन क्षेत्रमा पोखराले केही भिन्न प्रडक्ट पस्कनपर्ने बताउँछन् अबिरल । ‘अब हामी पुरानै कार्यशैली र पूर्वाधारबाट पोखराको पर्यटनमा नयाँ आयाम थप्न सक्दैनौं । हरेक दिन केही नयाँ काम गर्नुपर्नेछ,’ उनले भने, ‘अंशुभरा ग्रुपले पर्यटन क्षेत्रमा अब नयाँ आयाम थप्ने गरी लगानी बढाउँदै अगाडि बढ्छ ।’

अंशुभरा एग्रोफार्ममा लगानी गर्दै

पोखरामा बुटिक होटल सञ्चालन गरिरहेको यो ग्रुपले अंशुभरा एग्रोफार्म समेत सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । कास्कीको ढिकुरपोखरीमा ३ सय ३० रोपनी जग्गामा एग्रोफार्म सञ्चालनको तयारी गरेको हो । ‘फार्म टु टेबल’को कन्सेप्टबाट हस्पिटालिटी व्यवसायमा आधुनिकता प्रदान गर्ने गरी यो परियोजना अगाडि बढेको बताउँछन् अबिरल । अर्गानिक प्रडक्ट उत्पादन गरी पर्यटकलाई खुवाउन आफूहरु सफल हुने उनले बताए । पहिलो चरणमा फार्म सुरुवात हुने र दोस्रो चरणमा एग्रोफार्म रिसोर्ट बन्ने उनले जानकारी दिए । ‘यो प्रोजेक्टले नेपालकै पर्यटनमा नयाँपन दिनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

शान्त वातावरणमा आधुनिक सुविधाहरुको मज्जा लिन सकिने गरी एग्रोफार्मको अवधारणा अगाढि बढेको उनले जानकारी दिए । ‘यो रिसोर्ट पूर्ण रूपमा पर्यावरण मैत्री हुनेछ,’ उनले भने ।

बगैंचा रिसोर्ट एण्ड स्पा

पोखराकै लेकसाइडमा बगैंचा रिसोर्ट एण्ड स्पासमेत पुननिर्माण गरी नयाँ व्यवस्थापनसहित यो समूहले सञ्चालनमा ल्याउँदै छ । बर्गैंचा रिसोर्टलाई एक्जोटिक रिसोर्टको अवधारणामा छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको अबिरलले जानकारी दिए । ‘पुननिर्माण र रिन्योभेसनको काम अन्तिम चरणमा पुग्दैछ,’ उनले भने, ‘यो रिसोर्ट नेपालमै युनिक रिसोर्ट बन्ने हामीले अपेक्षा गरेका छौं ।’

बगैंचा रिसोर्ट एण्ड स्पाले साउना, स्टीम थेरापी, दर्जनौं मसाज थेरापी, ज्याकुजी र अन्य स्पा उपचारहरू प्रदान गर्नेछ । स्विमिङ पुल, पर्याप्त पार्किङ, कार्यक्रमका लागि हल, रेष्टुरेन्ट, बार लगायतको सेवा रिसोर्टमा मिल्नेछ । यो रिसोर्टले पोखराको पर्यटनमा थप आकर्षण र नयाँ गन्तव्यको विकासमा योगदान पुग्ने अबिरलको विश्वास छ । ‘रिसोर्टमा प्रवेश गर्ने गेटबाटै हामीले नयाँपन दिन प्रयास गर्नेछौं,’ उनले भने, ‘अब पर्यटनमा केही न केही फरक शैली दिनैपर्छ भन्ने मान्यतामा हामी छौं ।

काठमाडौंमा ‘देली अकुज’

यो ग्रुपले राजधानी काठमाडौंमा समेत हस्पिटालिटी क्षेत्रमा लगानी बिस्तार गरेको छ । जावलाखेलमा विश्व प्रशिद्ध ब्राण्ड ‘इल्ली’को फ्रेन्चाइज लिएर ‘देली अकुज’ क्याफे स्थापना गरेको हो । ब्रेकफास्ट, ब्रन्च, कफी र डिजर्टहरुका लागि देली अकुज आकर्षक गन्तव्य बनेको छ ।

बुवा विन्दुकुमारको विरासत

अंशुभरा ग्रुपको संस्थापक विन्दुकुमार थापा हुन् । उनले सन् १९९३ मा यो समूहलाई संस्थागत रुपमा व्यवसायमा आबद्ध गराएका हुन् । उनी अहिले व्यवसायमा छोराहरुलाई सक्रिय बनाएर आफू राजनीतिमा सक्रिय छन् । २ पटकसम्म कास्कीबाट प्रदेशसभा सदस्यमा विजयी भइसकेका थापा अहिले पनि प्रदेश सांसद तथा प्रदेश संसदीय दलमा कांग्रेसको उपनेता हुन् । उनी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री भइसकेका छन् । पोखरा उद्योग वाणिज्य संघको समेत अध्यक्ष भएर काम गरिसकेका थापासँग नाडाको केन्द्रीय उपाध्यक्ष भएर काम गरेको अनुभव समेत छ । छोराहरु सौगात र अबिरलले व्यावसायिक नेतृत्व लिएर बुबाको राजनीति र समाजसेवाको यात्रामा साथ दिइरहेका छन् ।

You might also like

Comments are closed.