काठमाडौँ । चर्चित नायिका तथा उद्यमी अलिशा राईले ओमोडा ई–फाइभ लक्जरी भेरियन्टलाई आफ्नो नयाँ सवारीको रूपमा रोज्दै विद्युतीय गाडीको दुनियाँमा प्रवेश गरेकी छिन्। नेपाली बजारमा लोकप्रिय यस ईभी मोडलमार्फत उनले दिगो यात्राको सुरुवात गरेकी हुन्।
‘लुट २’ (२०१७) बाट चर्चामा आएकी र राई भाषाको फिल्म ‘बिनायो’ बाट समेत प्रशंसित अलिशाले आफ्नो जीवनशैली सुहाउँदो, शक्ति, स्टाइल र दिगोपनको उत्कृष्ट संयोजन भएको ओमोडा ई–फाइभ रोजेकी हुन्।
ओमोडा ई–फाइभ लक्जरी र डिलक्स गरी दुई भेरियन्टमा उपलब्ध छ। यसले एक पटकको चार्जमा ४३० किलोमिटर (WLTP) सम्मको प्रभावशाली रेन्ज प्रदान गर्छ, जुन शहरभित्र वा लामो दूरीको यात्राका लागि उपयुक्त छ। शून्यबाट १०० किमि/घण्टाको गति केवल ९.२ सेकेन्डमा भेट्टाउने यो गाडीको अधिकतम गति १७२ किमि/घण्टा रहेको छ, जसले शक्तिशाली र आरामदायी ड्राइभिङको अनुभव दिन्छ।
आधुनिक प्रविधि, उन्नत सुरक्षा सुविधा र आकर्षक डिजाइनले भरिपूर्ण ओमोडा ई–फाइभ आजका स्मार्ट चालकहरूको रोजाइ बनिरहेको छ, जुन अलिशा राईको व्यक्तित्व र जीवनशैलीसँग पूर्ण रूपमा मेल खान्छ। उनको यो कदमले नयाँ पुस्ताका अन्य कलाकार तथा व्यक्तित्वहरूलाई पनि दिगो जीवनशैली अपनाउन र नवीनतम प्रविधिमा लगानी गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
ओमोडा र जेइकोको नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्सले इच्छुक ग्राहकहरूलाई नजिकको शोरुममा आएर टेस्ट ड्राइभ लिन अनुरोध गरेको छ।
एसपिजी अटोमोबाइल्स प्राइभेट लिमिटेड, नेपालमा ओमोडा र जेइकोको आधिकारिक वितरक हो। थप जानकारीका लागि एसपिजी अटोमोबाइल्सलाई सम्पर्क गर्न वा कम्पनीको वेबसाइट https://www.omodajaecoonepal.com/ भ्रमण गर्न सकिनेछ।
Comments are closed.