काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ ।
लघुवित्तको सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद गरी कूल २१ ०५ प्रतिशत सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारणसभाले पारित गरेपछि लघुवित्तले सेयरधनीहरुलाई वितरण हुने छ ।
Comments are closed.