कृषि विकास बैंकको वार्षिकोत्सव रक्तदान तथा मन्दिरलाई सहयोग

 

पोखरा । कृषि विकास बैंकको ५४औं वार्षिकोत्सव पोखरामा मनाइएको छ । वार्षिकोत्सवको अवसरमा पोखरा शाखाको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकमा क्रियाशील दुई वटा कर्मचारी संगठन नेपाल वित्तिय संस्था कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संगठन नेपालको संयुक्त आयोजनामा पोखरा विन्ध्यवासिनी मन्दिरमा शुद्ध पिउने पानीको लागि मेसिनसमेत हस्तान्तरण गरिएको छ ।

कार्यक्रमको अध्यक्षता कर्मचारी संगठन नेपालका अध्यक्ष भेषराज घिमिरेले गरेका थिए भने कार्यक्रमको बारेमा नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष बद्रिनारायण पौडेलले प्रकाश परेका थिए । मन्दिर व्यवस्थापनको तर्फबाट तीर्थ श्रेष्ठलाई प्रमुख अतिथि कृषि विकास बैंकका निर्देशक रघुनाथ न्यौपानेले सामग्री हस्तान्तरण गरेका थिए भने कार्यक्रम राजेन्द्र सुवेदीले सञ्चालन गरेका थिए ।

jutta mela

युनियनहरुद्वारा संयुक्त रुपमा आयोजित खुल्ला रक्तदान कार्यक्रमको अध्यक्षता दुवै युनियनका अध्यक्ष भेषराज घिमिरे एवं वद्रिनारायण पौडेलले संयुक्त रुपमा गरेका थिए । कार्यक्रम संचालन कृषि विकास वैंक लि. कर्मचारी संगठनका सह–संयोजक सन्तोष थापाले गरेका थिए भने स्वागत मन्तव्य राजेन्द्र सुवेदीले दिएका थिए । कार्यक्रममा ५४ युनिट रगत संकलन भएको थियो ।

You might also like

Comments are closed.