काठमाडौं महोत्सवको ‘प्रिजेन्टर’मा ‘एईसीसी’को सहकार्य

काठमाडौं । प्रथम काठमाडौं महोत्सवको ‘प्रिजेन्टर’मा शैक्षिक परामर्श कम्पनी ‘एईसीसी स्टडी एब्रोड कन्सल्टेन्ट’ले सहकार्य गरेको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा यही माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा महोत्सव हुँदैछ ।

महोत्सवको प्रिजेन्टरमा एईसीसी रहने गरी मेलाका संयोजक उज्ज्वल जंग शाह र एईसीसीका बिजनेस डेभलपमेन्ट म्यानेजर पुरुशोत्तम कुमार मल्लिकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । प्रथम काठमाडौं महोत्सवको प्रिजेन्टरमा सहकार्य गर्न पाउँदा खुसी लागेको मल्लिकले बताए ।

काठमाडौंको डिल्लिबजारमा मुख्य कार्यालय रहेको एईसीसी कम्पनीले हालै नयाँ बानेश्वर काठमाडौंमा पनि शाखा विस्तार गरेको छ । नेपालको पोखरा र चितवनमा पनि शाखा सञ्चालनमा छन् । बिगत १७ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको कम्पनीले हालसम्म करिब ८ लाख विद्यार्थीलाई परामर्श सेवा प्रदान गरिसकेको छ । विश्वभर १४ देशमा ५४ वटा शाखा सञ्जाल बिस्तार गर्न सफल भएको कम्पनीले नेपालमा मात्रै ४ वटा शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

११ सय भन्दा बढी विश्वविद्यालयको आधिकारिक प्रतिनिधि रहेर एईसीसीले विद्यार्थीलाई विश्वविद्यालयसँग जोड्न सफल भइरहेको छ ।

यसैबीच शुक्रबार सरस्वती पूजाको अवसरमा ‘ग्लोबल एजुकेशन रोड शो’ कार्यक्रम आयोजना गरिएको मल्लिकले जानकारी दिए । कम्पनीको मुख्य कार्यालय डिल्लीबजारमा हुने कार्यक्रममा ५० वटा भन्दा बढी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।

अष्ट्रेलिया, युएसए, क्यानडा, युके लगायत युरोपियन देशमा जान चाहने विद्यार्थीलाई लक्षित गरी रोड शो आयोजना गरिएको उनले जानकारी दिए । कार्यक्रममा सहभागी सबै विद्यार्थीले मुभी टिकट, १५० रुपैयाँ बराबरको राइड कुपन सहित अन्य आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् ।

प्रथम काठमाडौं महोत्सवमा २०० भन्दा बढी व्यावसायिक स्टलहरुको प्रदर्शनी हुनेछ । रैथाने खाना महोत्सव, पर्यटन प्रबद्र्धन कार्यक्रम, कला संस्कृति महोत्सव लगायत सांस्कृतिक कार्यक्रम पनि महोत्सवमा समावेश गरिएको संयोजक शाहले जानकारी दिए । निःशुल्क स्वास्थ्य शिबिर, फोटो प्रदर्शनी लगायत विविध कार्यक्रमहरु सवावेश गरिएको जनाइएको छ । महोत्सवको सह–आयोजकमा राइजिङ नेपाल प्रा.लि. रहेको छ । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

 

You might also like

Comments are closed.