प्रथम काठमाडौं महोत्सवको ‘प्रिजेन्टर’मा शैक्षिक परामर्श कम्पनी ‘एईसीसी स्टडी एब्रोड कन्सल्टेन्ट’ले सहकार्य गरेको छ । एईसीसीका बिजनेस डेभलपमेन्ट म्यानेजर पुरुशोत्तम कुमार मल्लिकले प्रथम काठमाडौं महोत्सवको प्रिजेन्टरमा सहकार्य गर्न पाउँदा खुसी लागेकोे बताएका छन् ।
काठमाडौंको डिल्लिबजारमा मुख्य कार्यालय रहेको एईसीसी कम्पनीले हालै नयाँ बानेश्वर काठमाडौंमा पनि शाखा विस्तार गरेको छ । बिगत १७ वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आइरहेको कम्पनीले हालसम्म करिब ८ लाख विद्यार्थीलाई परामर्श सेवा प्रदान गरिसकेको छ ।
विश्वभर १४ देशमा ५४ वटा शाखा सञ्जाल बिस्तार गर्न सफल भएको कम्पनीले नेपालमा मात्रै ४ वटा शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ ।११ सय भन्दा बढी विश्वविद्यालयको आधिकारिक प्रतिनिधि रहेर एईसीसीले विद्यार्थीलाई विश्वविद्यालयसँग जोड्न सफल भइरहेको छ ।



Comments are closed.