काठमाडौं । सर्वसाधारणका लागि साधारण शेयर जारी गर्न नेशनल वायोटेकले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । नेशनल वायोटेकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर ५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो ।
काठमाडौंको नयाँबजारस्थित ए वान क्याफे एण्ड पार्टी प्यालेसमा सम्पूर्ण शेयरधनीलाई उपस्थित हुन अनुरोध गरिएको बिहीबार प्रकाशित गरिएको सूचनामा उल्लेख छ । आगामी साधारण सभामा साधारण शेयर सर्वसाधारणलाई जारी गर्न विशेष प्रस्ताव गरिने कम्पनीले जनाएको छ । साधारण शेयर जारी पश्चात् प्राप्त पुँजीको उपयोग, प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, शेयर जारी गर्न र बैंकिङ कारोबार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव गरिने छ ।
उक्त साधारण सभामा आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्न, लेखापरीक्षणको प्रतिवेदनसहित चालु आर्थिक वर्षको असाढ मसान्तसम्मको वित्तीय विवरण, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम २०८२/०८३ को लागि लेखा परीक्षक नियुक्तिसहित पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरूमाथि छलफल गरिने छ ।
Comments are closed.