lcci festival

मैनाली समाज नेपाल काठमाडौं उपत्यकाको साधारण सभा सम्पन्न

काठमाडौं । मैनाली समाज नेपाल जिल्ला कार्य समिति काठमाडौं उपत्यकाको साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा ८० वर्ष भन्दा बढी उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

साधारण सभाले आगामी कार्यकालका लागि अध्यक्षमा पुनः प्रेमहरि मैनालीलाई सर्वसम्मत चयन गरेको छ । अध्यक्ष मैनालीले आफूलाई पुनः अध्यक्षको जिम्मेवारी प्रदान गरिएकोमा सम्पूर्ण सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

उनले समाजको निरन्तर सहयोग, एकता र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा शुभकामना दिए ।

You might also like

Comments are closed.