हेटौँडामा अग्नि लजिस्टिक्स सेन्टरको भव्य उद्घाटन

हेटौँडा । अग्नि ग्रुपले आफ्नो लजिस्टिक्स विस्तारको क्रममा हेटौँडामा नयाँ अग्नि लजिस्टिक्स सेन्टरको उद्घाटन समारोह सम्पन्न गरेको छ । अग्नि लजिस्टिक्स प्रा.लि.मार्फत सञ्चालनमा आएको यो केन्द्र अत्याधुनिक पूर्वाधार, विश्वस्तरीय गोदाम संरचना तथा उच्च स्तरीय सुरक्षा प्रविधिले सुसज्जित रहेको छ।

समारोहमा बागमती प्रदेशका मुख्य सचिव भुपाल बराल तथा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले ताम्रपत्र अनावरण गरी औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा अग्नि ग्रुपका शीर्ष पदाधिकारीहरू, महिन्द्रा एण्ड महिन्द्राका क्षेत्रीय प्रबन्धक, लजिस्टिक्स विशेषज्ञ, व्यवसायिक प्रतिनिधि र मिडिया सहभागी थिए ।

अग्निको लजिस्टिक्स केन्द्रहरू काठमाडौँ, हेटौँडा, इटहरी र भैरहवा गरी चार स्थानमा छन्, जुन सबै राजमार्ग वा विमानस्थल नजिक रहेका छन् । हेटौँडाको लजिस्टिक्स सेन्टरमा ३३,१६७ वर्गफिट क्षेत्रफलमा २२०० घनमिटर भण्डारण क्षमता, १०५० प्यालेट पोजिसन र ४३२ लङस्प्यान सेल्भिङ सुविधा उपलब्ध छ ।

अग्नि लजिस्टिक्सले थ्रिपिएल सेवाअन्तर्गत खरिद, भण्डारण, भन्सार क्लियरेन्स, डकुमेन्टेसन, इ(कमर्स, फास्ट मुभिङ कन्ज्युमर गुड्स आदिको सेवा दिंदै व्यवसायलाई थप प्रभावकारी र सहज बनाउने उद्देश्य लिएको छ । डिजिटल सुविधा, रियल टाइम जीपीएस ट्र्याकिङ, सुरक्षा प्रणाली, प्रि-डेलिभरी इन्सपेक्सन प्रणाली लगायतका सेवामार्फत अग्नि लजिस्टिक्सले नेपालको पूर्वाधार क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरेको जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.