काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले मल अभावको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि सोमबार सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री परियारले मल अभाव कृषिको उत्पादनमा प्रमुख बाधक भएको भन्दै यसको समाधानलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।
‘मल नभएर कृषिको उत्पादन बढाउन सकिँदैन,’ मन्त्री परियारले भने, ‘मल आयात भएको खबर सार्वजनिक भइरहँदा पनि किन समयमा उपलब्ध हुँदैन भन्ने विषयमा गहिरो अध्ययन गरेर कमीकमजोरी पत्ता लगाउनेछु । समस्या हटाउनेतर्फ ठोस पहल गर्नेछु ।’
उनले किसानलाई समयमा आवश्यक मल उपलब्ध गराउनेतर्फ ध्यान दिने बताउँदै कृषकको हितका कार्यक्रमलाई पनि प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाए । मन्त्री परियारले वर्तमान सरकारको मुख्य प्राथमिकता निर्वाचन सम्पन्न गर्ने, सुशासन कायम गर्ने र बेथिति नियन्त्रण गर्ने रहेको स्मरण गराउँदै सोही अनुरुप कृषि मन्त्रालय पनि अघि बढ्ने बताए ।
 
			



 
											



Comments are closed.