काठमाडौं । एआई प्लस स्मार्टफोन नेपालमा आधिकारिक रूपमा बिक्री–वितरण सुरु गरेको छ । रियलमीका पूर्व सीइओ माधव सेठद्वारा स्थापना गरिएको यो ब्रान्डले भारतीय बजारमा छोटो समयमा लोकप्रियता पाइसकेको छ ।
एआई प्लसले नेपाली बजारका लागि सिजी मोबाइल्सलाई आधिकारिक वितरक नियुक्त गरेको छ । कम्पनीका अनुसार, स्मार्टफोन प्रविधि र डिजाइनमा अत्याधुनिक भए पनि मूल्य किफायती राखिएको छ ।
पहिलो चरणमा एआई प्लसले दुई मोडेलका चार भेरियन्ट एआई प्लस पल्स र एआई प्लस नोभा, ४, ६ र ८ जिवी र्याम विकल्पसहित सार्वजनिक गरेको छ । एआई प्लस नोभा फाईभ जी स्मार्टफोन रु. १३,९९९ मा उपलब्ध छ भने ४ जिवी र्याम र ६४ जिवी स्टोरेज भेरियन्ट रु. ९,००० भन्दा कममा पाइन्छ ।
हाल स्मार्टफोनहरू नेपालभरका मोबाइल र इलेक्ट्रोनिक्स पसलहरूमा उपलब्ध छन् ।








Comments are closed.