AION V ले जित्यो ५-स्टार यूरो NCAP सेफ्टी अवार्ड

काठमाडौं । विश्वभर उन्नत प्रविधि र आधुनिक डिजाइनका लागि परिचित इभी ब्रान्ड AION ले आफ्नो लोकप्रिय मोडेल AION V का लागि प्रतिष्ठित ५-स्टार यूरो NCAP सेफ्टी रेटिङ प्राप्त गरेको छ ।  यो मान्यता अटोमोबाइल क्षेत्रमा सुरक्षा मूल्यांकनका हिसाबले सबैभन्दा सम्मानित पुरस्कारहरू मध्ये एक मानिन्छ ।

AION ले एसिया, युरोप र मध्यपूर्वमा आफ्नो बजार विस्तार गर्दै विश्व इभी क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ । नेपालमा यसको आधिकारिक विक्रेता सीजी मोटर्स नेपाल ले नेपाली ग्राहकहरूका लागि AION V र AION Y जस्ता प्रिमियम इलेक्ट्रिक एसयूभीहरू प्रस्तुत गर्दै आएको छ ।

भविष्यमुखी डिजाइन, फराकिलो इन्टेरियर र अत्याधुनिक सुविधाहरूका साथ, AION V सुरक्षामा पनि उत्कृष्ट सावित भएको छ ।  यसमा उन्नत बडी स्ट्रक्चर, मल्टी-सेन्सर कोलिजन डिटेक्सन प्रणाली, र एआई-संचालित ड्राइभर असिस्टेन्स टेक्नोलोजी जस्ता विशेषताहरू समावेश छन्, जसले चालकलाई हरेक यात्रामा आत्मविश्वास र आराम प्रदान गर्छ ।

सीजी मोटर्स नेपालले आफ्नो विस्तारित शोरूम, सर्भिस सेन्टर र उत्कृष्ट ग्राहक सेवा मार्फत स्वच्छ, स्मार्ट र सुरक्षित मोबिलिटीको भविष्य निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.