काठमाडौं । काठमाडौं उपत्यकामा वायुको गुणस्तरमा अझै सुधार आउन सकेको छैन । मंगलबार निकै खराब अवस्थामा पुगेको वायु प्रदूषण बुधबार बिहानसम्म पनि अस्वस्थको तह नजिकै रहेको देखिएको छ।
स्विट्जरल्याण्डस्थित रियल–टाइम वायु गुणस्तर मापन गर्ने संस्था IQAir का अनुसार समाचार तयार पार्दासम्म काठमाडौंको वायु गुणस्तर सूचकांक (AQI) १९६ पुगेको छ। सामान्यतया २०० पुगेपछि निकै अस्वस्थ मानिन्छ भने १५० नाघेपछि नै अस्वस्थ स्तरमा पुग्ने मानिन्छ ।
नेपाल सरकारले स्वीकृत गरेको वायु गुणस्तर सूचकांकअनुसार ०–५० राम्रो, ५१–१०० मध्यम, १०१–१५० संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ भन्दा माथि पुगेमा खतरनाक तह मानिन्छ ।
यसैबीच आजको तथ्यांकअनुसार काठमाडौ विश्वका सबैभन्दा अस्वस्थ सहरहरूमध्ये चौथो स्थानमा रहेको छ । पहिलो स्थानमा
दिल्ली, दोस्रो स्थानमा लाहोरे र तेस्रो स्थानमा ढाका रहेका छन् ।
वायु प्रदूषण उच्च रहँदा स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विज्ञहरूले अत्यावश्यक बाहेक बाहिर ननिस्कन, मास्क प्रयोग गर्न र संवेदनशील समूहलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।






Comments are closed.