काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन र वायु गुणस्तर सुधार गर्न रु ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ ।
विश्व बैंकको वाशिङ्टनडिसीस्थित प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार, परियोजना मुख्यतया काठमाडौँ उपत्यका र तराईका केही उच्च जोखिम क्षेत्रहरूमा लागू हुनेछ। परियोजनाको नाम ‘नेपाल क्लिन एयर एण्ड प्रास्पेरिटी प्रोजेक्ट’ राखिएको छ ।
यस परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित प्रविधि अपनाउन प्रोत्साहित गरिने छ ।
परियोजना कार्यान्वयनको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उद्योग विभाग, वन तथा वातावरण मन्त्रालय, र वातावरण विभाग मार्फत हुने जानकारी विश्व बैंकले प्रेस विज्ञप्तिमा दिएको छ ।
यस परियोजनाले उद्योग र व्यावसायिक क्षेत्रलाई वातावरणमैत्री प्रविधि अपनाउन प्रोत्साहित गर्दै कम्पनीहरूको प्रतिस्पर्धात्मक क्षमता र दीर्घकालीन दिगो विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।



Comments are closed.