वायु प्रदूषणले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ : अध्ययन

बेइजिङ । २.५ पीएमको वायु प्रदूषणको दीर्घकालीन जोखिमले संज्ञानात्मक ह्रासको जोखिम बढाउँछ र असामयिक रूपमा अल्जाइमर रोग लाग्न सक्ने नयाँ अध्ययनले देखाएको छ ।

‘बायोलोजिकल साइकियाट्री’ पत्रिकामा प्रकाशित रिपोर्टअनुसार पीएम २.५, भू–स्तरीय ओजोन र नाइट्रोजन डाइअक्साइड जस्ता वायु प्रदूषणले ‘न्युरोटक्सिक’ प्रतिक्रियाहरू ल्याउनसक्ने र यसले मानव ज्ञानेन्द्रिय स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएको छ ।

चीनको साङ्घाईको फुदान विश्वविद्यालयको हुआशान अस्पतालका चिनियाँ अनुसन्धानकर्ताहरूको नेतृत्वमा अन्तर्राष्ट्रिय टोलीले वायु प्रदुषणका कारण निम्तिने संज्ञानात्मक ह्रासको जोखिमबारे अध्ययन गरी रिपोर्ट तयार पारेको हो ।

उक्त अध्ययनले स्वास्थ्य र बुढ्यौलीसम्बन्धी सर्वेक्षणमा ३१ हजार ५७३ सहभागीहरूको तथ्याङ्क, चिनियाँ देशान्तर स्वस्थ दीर्घायु सर्वेक्षण र अल्जाइमर रोगसम्बन्धी गरेको अध्ययनमा एक हजार १३१ सहभागीहरूको तथ्याङ्क प्रयोग गरिएको बताइएको छ ।

रिपोर्ट अनुसार प्रति घन मिटर पीएम २.५ को २० माइक्रोग्रामको वृद्धिले गर्दा संज्ञानात्मक ह्रास हुने खतरा १० प्रतिशत बढ्न सक्छ अनि जमिनको सतहको ओजोन र नाइट्रोजन डाइअक्साइडको जोखिमले गर्दा खतरा बढी हुन्छ तर यसको कुनै उल्लेखनीय अनुमान छैन ।

उक्त अध्ययनले देखाएअनुसार पीएम २.५ को दीर्घकालीन जोखिमले गर्दा संज्ञानात्मक ह्रास हुने खतरा हुने र यसले अल्जाइमर रोगको खतरा बढाउने सम्भावना रहन्छ । रासस/सिन्ह्वा

You might also like

Comments are closed.