‘अकामा होटल’लाई ‘साउथ एसिया ट्राभल अवार्ड २०२४’

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको ‘अकामा होटल’ले ‘साउथ एसिया ट्राभल अवार्ड २०२४’ जितेको छ । साटाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अकामालाई उक्त अवार्ड प्रदान गरिएको हो । होटलले ‘लिडिङ फाइन डाइनिङ इन होटल/रिसोट’ क्याटागोरीमा अवार्ड जितेको हो ।

नेपाल टुरिजम बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले अकामा होटलका जनरल म्यानेजर रोशन खवासलाई अवार्ड प्रदान गरेका हुन् ।

काठमाडौंको धुम्बाराहीमा बिगत ५ वर्षदेखि होटल सञ्चालन भइरहेको छ ।

९ रोपनी क्षेत्रफलमा फैलिएको अकामा होटलमा सुपेरीयर-९५, डिलक्स ६, डिलक्स स्विट-४, फेमिली स्विट-२, प्रेसिडेन्टल स्विट १ गरी जम्मा १०८ कोठाहरु छन् । २ सय बेड संख्याबाट पर्यटकलाई सेवा प्रदान गरिरहेको छ । न्युनतम २० देखि ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलहरु छन् । स्पेशल चाउवेला रेष्टुरेष्ट समेत गरी तीन वटा रेष्टुरेष्टहरु तथा आउटडोर स्विमिङ पुल, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा छन् ।

बेसमेन्ट सहितको पर्याप्त पार्किङ सुविध छ । त्रिभुवन इन्टरनेशनल एयरपोर्ट, पशुपतीनाथ, बौद्ध स्तुपा, बुढानिलकण्ठ मन्दिर, दरबार स्क्वायर, स्वयम्भूनाथ स्तुपा तथा ठमेल लगायतका प्रमुख पर्यटकीय गन्तव्य स्थलहरु नजिक रहेकाले पनि होटल पर्यटकका लागि बस्न उपयुक्त गन्तव्य बन्न सफल छ ।

You might also like

Comments are closed.