काठमाडौं । अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ । उपत्यका भित्रका सरकारी तथा संस्थागत गरि २५ भन्दा बढी विद्यालय र ४ हजारभन्दा बढि अभिभावकबीच विभिन्न कार्यक्रम गरी अक्षरा स्कुलले साहित्य महोत्सव गरेको हो ।
महोत्सवका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले बालबालीकाहरुलाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु निकै अर्थपूर्ण भएको बताएका छन् । उनले कार्यक्रममा बोल्दै साहित्य विधा आफैमा महत्वपूर्ण भएकाले हरेक व्यक्ति साहित्यकार बन्न सक्ने बताएका हुन् । उनले भने, ‘हरेक मान्छे साहित्यकार बन्न सक्छ, यदि मनमा खेलेका कुराहरुलाई काँटछाट गरेर प्रस्तुत गर्ने अभ्यास गर्न सकेमा साहित्य जटिल विषय होइन । यसका विभिन्न फरक विधामा अभ्यास हुन जरुरी छ ।’
बालबालीकाहरुमा पठन संस्कृतीको विकास र विशेषगरी साहित्यमा ज्ञान अभिवृद्धिका लागी आयोजित महोत्सवमा विद्यार्थीहरु र शिक्षकहरुलाई भाषा शिक्षण, लेखन शिप, रेडियो नाटक, पुस्तकको आवरण चित्र, लेखकअध्ययन, पात्र चित्रण लगायतका विभिन्न शिर्षकमा साहित्य सम्बन्धी कार्यशाला गरीएको हो ।
साथै महोत्सवको बन्दसत्रमा विभिन्न विद्यालयका विद्यार्थीहरुलाई कक्षाहरुमा पाठ्यपुस्तकसंगै साहित्यका पुस्तकहरु रमाइलो र अर्थपुर्ण तरीकाले कसरी सिक्षण गर्नै विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।
बालबालीकाहरुमा निर्धारीत पाठ्युपूस्तक बाहेक पठन संस्कार विकाश गर्ने उदेश्यले आयोजना गरीएको महोत्सवमा लेखक निलम कार्की नेहारिका र बुद्धिसागरसँग अन्तक्रिया अन्र्तक्रिया कार्यक्रम गरीएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बल्दै लेखकहरुले व्यवहारीक ज्ञानका लागी पाठ्यक्रम बाहिरका पुस्तकहरु बढी आवश्यक भएको बताएका छन् । उनिहरुले बालबालीकालाई विद्यालयमै विविध विषयमा आधारभुत ज्ञान दिनु आवश्यक भएपनि हालसम्म बाल तथा किशोर साहित्य सम्बन्धी साम्रगीहरु सहज उपलब्ध नहुनु दुःखद् रहेको बताएका छन् ।
विद्यालयबाटै संस्कारयुक्त शिक्षाको अभ्यास गरीरहेको अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्राईले बाल साहित्य महोत्सवको माध्यमबाट बालबालीकामा पठन संस्कृतीको विकास गर्न सकिने बताएकी छन् । उनले व्यवहारीक ज्ञान र बौद्धिक क्षमता विकासका लागी साहित्य सम्बन्धी पूस्तकको ज्ञान दिइनु अत्यावश्यक रहेको र बाल सुलभ मष्तिकमा नै पठन संस्कार विकास गर्न सकेमा कालन्तरमा यसको दिर्घकाली सकारात्मक प्रभाव पार्ने कुरामा विशेष जोड दिइन् ।
Comments are closed.