काठमाडौं ।नेपालमा विद्युतीय सवारीको विस्तारलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित एसपिजि अटोमोबाइल्स प्रा.लि. ले नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा पूर्णतः विद्युतीय एसयूभी ‘जेइको जे-५’ सार्वजनिक गर्ने तयारी गरेको छ।
यसअघि कम्पनीले सार्वजनिक गरिसकेको ओमोडा ई–५ र जेइको जे–६ लाइनअपसँगै नयाँ जे–५ ले आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि र सशक्त सुरक्षासहित नेपाली बजारमा प्रिमियम इलेक्ट्रिक एसयूभीको नयाँ परिभाषा दिन खोजेको छ।
एडभेन्चरस यात्राका लागि बनाइएको जेइको जे–५ एसयुभि, आरामदायी विशेषताहरूसँगै अल–रोड–रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो । जे–५ को सार्प–एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको छ । यसका साथै लेभल २ एडास ९एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम०, श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा, र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू समावेश रहेका छन् । जसले यसलाई सहरी यात्रा तथा हल्का अफ–रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ ।
जे(५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले सुसज्जित रहेको छ । यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड(रो सिट, २५६(कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन् । जेइको जे–फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८(इन्चको अग्लो एलोय ह्विल्स रहेको छ । १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्रि प्याकबाट सञ्चालित यो एसयुभिले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्दछ ।
जेइको जे–५ ले चालक(यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ । जेइको जे–५ मा लेभल २ एडासको विशेषताहरू समावेश रहेको छ जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन् । नाइमा २०२५ मा ‘जेइको जे–५’ सार्वजनिक गर्दै जेइकोले नेपालको इभि बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ । पर्फमेन्स, प्रविधि, र लक्जरीको साथ आउटडोर एडभेन्चरको लागि सुहाउँदो रगेड डिजाइनसहित, जेइको जे–५ ले, नेपाली ग्राहकहरूका लागि एक उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयुभिको रूपमा आफ्नो परिचय स्थापित गर्नेछ ।
एसपिजि अटोमोबाइल्स प्रा।लि।को बारेमा स् एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा एन्ड जेइकोको लागि आधिकारिक वितरक हो जसले नेपाली ग्राहकहरूका लागि ब्रान्डका सवारीसाधनहरूको विक्री वितरण तथा उत्कृष्ट आफ्टर–सेल्स सर्भिस प्रदान गर्दछ ।
Comments are closed.